खोला तारेर खोप ल्याउँदै स्वास्थ्यकर्मी

खोला तारेर खोप ल्याउँदै स्वास्थ्यकर्मी

जोमसोम :  हिमाली जिल्ला मुस्ताङका सबै स्थानीय तहमा असार १ गतेदेखि एकैसाथ दोस्रो चरणको कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रम बाढीका कारण अवरुद्ध भएको छ। कोभिसिल्ड खोप सम्बन्धित स्थानीय तहको स्वास्थ्यचौकी र स्वास्थ्य इकाइहरूमा पुर्‍याउनुपर्ने थियो। मनसुन सुरु भएसँगै आइतबारदेखि परेको अविरल वर्षाका कारण कोभिसिल्ड खोप मुस्ताङका सम्बन्धित स्थानीय तहका केही स्वास्थ्य केन्द्र र इकाइमा पुर्‍याउनु पर्नेमा मौसमले भने साथ दिएन।

मुस्ताङमा गत फागुन २३ र २४ गते ५५ वर्षदेखि माथिका नागरिकलाई कोरोनाविरुद्धको कोभिसिल्ड खोप लगाइएको थियो। यसपटक उनीहरूलाई कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाउने उद्देश्यका साथ सोहीअनुसार तयारी गर्दै सम्बन्धित पालिकाले स्वास्थ्य केन्द्र र इकाइमा पुर्‍याउने काम गर्दै थिए। मुस्ताङमा निरन्तर अविरल वर्षाका कारण आएको बाढीपहिरो र नदी कटानले मुस्ताङका केही स्वास्थ्य केन्द्र र इकाइलाई बर्खायामको मौसम निकै चुनौतीपूर्ण बन्यो। असार १ देखि खोप लगाउनुपर्ने बाध्यताले सोमबार नै  स्वास्थ्य केन्द्र र इकाइका स्वास्थ्यकर्मी खोप  लिन पुगे।

मुस्ताङको थासाङ गाउपालिका—१ टुकुचे र कोवाङ स्वास्थ्य केन्द्रमा कोभिसिल्ड आइपुगेको थिएन। थासाङ—४ लेते प्राथमिक केन्द्रमा आइपुगेको खोप तुरुन्तै बुझ्न आउनु भन्ने फोनमार्फत केन्द्रले जानकारी गरायो। खेप लगाउने दिन टर्दै गएकाले उनीहरू खोप बुझ्न जानुपर्ने भयो तर मौसम भने धुमिल थियो। अविरल वर्षाले मुस्ताङका शाखा नदीहरूको बहाव उच्च हुँदै थियो।

त्यसपछि टुकुचे स्वास्थ्यचौकीका अहेब सविन खत्री र कोवाङ स्वास्थ्य चौकीका हेल्थ असिस्टेन लालबहादुर रोक्का पानीमा भिज्दै मोटरसाइकल चढेर सोमबार दिउँसो खोप लिन लेते प्राथमिक केन्द्र प्रस्थान गरे। मोटरसाइकल चढेर लेतेतर्फ प्रस्थान गरेका उनीहरू थासाङको लेते प्राथमिक केन्द्र नपुग्दै छाक्ताङ खोलामा पुगेर अड्किए। छाक्ताङ खोला बढेका कारण बेनी—जोमसोम सडकमा गुड्ने सवारीसाधन पनि त्यहीँ अलपत्र परेका थिए। बाढीले सडक डाइभर्सनसमेत बगाएको र खोलाको बहावसमेत उच्च भएकाले पैदल यात्री र सवारीसाधन वारपार गर्न सक्ने अवस्था थिएन। तैपनि थासाङ गाउँपालिकाका स्वास्थ्य संयोजक सीताराम कार्कीले कोरोनाविरुद्ध अग्रमोर्चामा खटिने स्वास्थ्यकर्मीले प्रतिकूल मौसमका बाबजुद उपलब्ध खोप गन्तव्यमा पुर्‍याएको बताए।

उनका अनुसार थासाङ गाउपालिकामा चैत २३ र २४ गते खोप लगाएकालाई असार १ देखि दोस्रो खोप लगाउने कार्यक्रमअन्तर्गत स्वास्थ्यकर्मीले जोखिम मोलेर ठाउँमा पुर्‍याएको उल्लेख गरे। थासाङको कोवाङ स्वास्थ्य केन्द्र र टुकुचे स्वास्थ्य केन्द्रमा गरी करिब १ सय २० जना नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रम छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.