बूढीगण्डकीको बाढीले ठाउँ ठाउँमा घर बगायो, कयौं बस्ती उच्च जोखिममा

बूढीगण्डकीको बाढीले ठाउँ ठाउँमा घर बगायो, कयौं बस्ती उच्च जोखिममा

गोरखा : अबिरल वर्षापछि बूढीगण्डकीमा आएको बाढीले धार्चे गाउँपालिकाको यारु बगरको बस्ती जोखिममा परेको छ । यारुको रेस्टुरेन्ट, टिहाउस रहेको तल्लो टोला १५ वटा घर टहरा उच्च जोखिममा रहेको धार्चे गाउँपालिका १ का वडाअध्यक्ष दिलिप गुरुङले जानकारी दिए । त्यहाँका बासिन्दा दिउँसो त्यहीँ बस्ने र राति माथिल्लो टोलको घरमा सुत्ने गरेका अध्यक्ष गुरुङले जानकारी दिए ।

त्यस्तै स्याउली भट्टीको १६ वटा टहराबाट पनि मान्छे विस्थापित भएका छन् । बाढीले निरन्तर हानेर जमिन धराप बनाएपछि त्यहाँका बासिन्दा अन्यत्र सरेर बसेका गुरुङले जानकारी दिए । 

‘ठूलो ढुंगाको दुईवटा घरमध्ये राजकुमार ढकालको घर बगायो ।कान्छा घलेको घर जोखिममा छ । व्याङ्लाकुनाको धनप्रसाद घलेको घर पनि लग्यो’, वडाअध्यक्ष गुरुङ भन्छन्, ‘हुल्चुकमा कान्छा गुरुङको घर पहिरिएको छ ।

बुप्चेतका चन्द्रबहादुर र अर्का छिमेकीको दुई घर जोखिममा छन् । गण्डकीले पहाडको फेदबाट जग खोतल्दै आएकाल समस्या बनाएको उनले बताए । तातोपानीबाट दोभान जाने बाटो क्षतिग्रस्त बनाएको छ । तातोपानीको पुल तरेर पारि जान नसक्ने भएपछि गाउँलेहरु नेपाली सेनाले बिस्फोट गरेर खोल्दै गरेको बाटो हुँदै दोभान निस्कने गरेको धार्चे गाउँपालिका १ का वडाअध्यक्ष दिलिप गुरुङले जानकारी दिए ।

छेकम्पारको छुलेगाउँ उच्च जोखिममा

बर्षेनि पहिराले कटान गर्ने गरेको तिब्बत सीमानाको छुले गाउँ बाढी र पहिरोको जोखिममा रहेको छ । दुवैतिरबाट दुई ठूला खोलाको कटानले गाउँ जोखिममा रहेको चुमनुब्री गाउँपालिका ७ का वडाअध्यक्ष पासाङफुञ्जो लामा बताउँछन् ।

बर्षेनि स्यार(बूढीगण्डकी) र छुलेखोलाले वारि, पारिका दुवै टोलमा क्षति पुर्‍याउने गरेको वडाअध्यक्ष लामाले जानकारी दिए । दुई टोलमा गरी छुलेमा करिब ४५ घरधुरी छन् । ‘यस वर्ष पनि छुलेको दुईवटा टोल जोड्ने फड्के बगाएको छ’, उनले भने, ‘पोहोर पनि बगाएर पुननिर्माण गरेको हो । यसवर्ष फेरि बगाएको छ । छुलेबाट निले जाने बाटो पनि लग्यो ।’ 

पुल लगेपछि याक, चौरी, घोँडाहरु डोरीले बाँधेर खोलामा धकेल्ने र पारिबाट तानेर निकाल्ने गर्नुपरेको उनले बताए । ‘मान्छे चाहिँ एउटा मुढा तेस्र्याएर जबर्जस्ती तरिरहेका छन्’, उनले भने, ‘छुले र नीले बीचको गोमेगुम्बाको आँगन पनि स्यार खोलाको पहिरोले लगेको छ । छुलेको तीनवटा घरको छेउबाट धेरै पहिरो गएको छ ।’ म्हुगुम्बा तलको छुना पुल पनि पहिरो लगेको छ । चिपु गुम्बाको भान्सा घर पनि लगेको उनले बताए । बुर्जीगाउँको छिरिङ घ्युर्मेको घर पनि पहिरोले तानेको उनले बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.