कोरोना संक्रमण कम हुँदै गएपछि सर्वोच्चले सेवा थप्ने

कोरोना संक्रमण कम हुँदै गएपछि सर्वोच्चले सेवा थप्ने

काठमाडौं : सर्वोच्च अदालतले कोभिड –१९ को संक्रमण कम हुँदै गएपछि विद्यमान कार्य सम्पादन थप्ने निर्णय गरेको छ।  सर्वोच्चको आज बसेको पूर्ण बैठकले जनस्वास्थ्यका मापदण्ड लागू गर्दै  काम कारवाही र सेवामा थप्ने निर्णय गरेको हो। 

सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले पूर्ण बैठकले संक्रमण घटदै गएपछि कामकारवाही र सेवालाई विस्तार गर्ने निर्णय गरेको जानकारी दिए। उनका अनुसार अहिलेको व्यवस्थापन र सेवाप्रवाहलाई यही असार १४ गतेसम्म निरन्तरता दिइने छ। उनले प्रचलित कानून वमोजिम हुनसक्ने मिलापत्र र मुद्दा फिर्तासम्बन्धि कारवाही, व्यक्तिको तर्फबाट पर्न आएका दोहोर्‍याइ पाउँ भन्ने निवेदनको सुनवाइ र विपक्षी झिकाउने आदेश नभएका साधकको सुनवाइ यही असार १४ गतेसम्म निरन्तरता दिने बताए।

यस्तै उच्च अदालत, जिल्ला अदालत, अन्य अदालत र न्यायधीकरणको काम कारवाही तथा सेवाप्रवाह एवम् हदम्याद, म्याद र तारेखसमेतका विषय भने गत बैशाख १४ गतेको सर्वोच्चको पूर्ण बैठक अनुसार गर्ने भनिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.