फुर्सदमा भत्केको बाटो मर्मतमा जुट्दै युवा

मुगु : सदरमुकाम गमगढीको निस्कने बाटो वर्षाले बिगारेपछि फुर्सदमा रहेका केही युवा बनाउन जुटेका छन्।
ढल र वर्षाले बजार जोड्ने मुल बाटो भत्केर सर्वसाधरणलाई आवतजावतमा समस्या भएपछि बाटो मर्मतमा युवा जुटेका हुन्।
सदरमुकाम गमगढीमा विभिन्न व्यवसाय गर्ने १० जना युवाले समय निकालेर भत्केको गोरेटोबाटो मर्मत गरेका हुन्। बाटो बिग्रिएपछि बुढापाका र बालबालिकालाई आवत जावतमा समस्या भएको थियो।
यो सदरमुकाम गमगढी जोड्ने मुलबाटो हो। बजारको ढलका कारण बाटो भत्किने गरेको छ। ढल र वर्षापछिको पानीले बाटो बिग्रिएपछि पनि सरोकारवाल निकाय कसैले ध्यान नगएको अवस्थामा युवा जुटेका हुन्।
युवाहरुले बाटो बनाएको देख्दा खुशी लागेको छायानाथ रारा नगरपालिका—२ का तिलक प्रसाद चौलागाईले बताए।
यो अभियानमा रामनारायण भाम, गजेन्द्र शाही, कर्ण बुढा, नन्दबहादर मल्ल, सोमराज भाम, धर्मेन्द्र रावल अर्जनु शाही, सेरबहादुर नेपाली छन रहेको। अभिन्ता राम नारायण भामले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !
