स्वास्थ्य किट सहयोग

स्वास्थ्य किट सहयोग

दैलेख : कोरोना महामारीको समयमा जिल्लाका सात सय घरपरिवारले स्वास्थ्य किट (स्वास्थ्य तथा सरसफाइ सामग्री) प्राप्त गरेका छन्। जिल्लाको आठबिस नगरपालिकाका तीन सय र दुल्लु नगरपालिकाका चार सय गरी सात सय घरपरिवारले किट पाएका हुन्। 

महामारीका बेला नागरिकलाई स्वस्थ र सुरक्षित राख्न उत्थान परियोजनाले किट उपलब्ध गराएको हो।  समुदायस्तरमा रहेका कृषि समूह र नागरिक छलफल चौतारीमा आबद्ध कृषक तथा घरपरिवारलाई किट दिइएको हो। दुल्लुका १५ वटा नागरिक छलफल चौतारी र तीनवटा कृषि समूहका चार सय सदस्यहरूलाई किट दिइएको परियोजनाका कृषि प्राविधिक संगम बिष्टले बताइन्।

दुल्लुका ठारा, मण्डा, देउतीचौर, मध्यगाउँ, बेतेनी, पानसैन भलकाटिया, तियाडी मन्दिर, सियाला नाउली, नारिकामूल, कालापानी, भण्डारी गाउँ, सानगाउँ, भजनिया पोखरी, अधिकारी र लक्ष्मीबजार नागरिक छलफल चौतारीका सदस्यहरूलाई किट उपलब्ध गराइएको छ। दुल्लु–४ को पीपलचौतारी कृषि समूह, दुल्लु–९ को पीपल चौतारा कृषि समूह र पञ्चकोसी ज्वाला ताजा तरकारी तथा फलफूल उत्पादन कृषि समूहका सदस्यहरूलाई पनि किट दिइएको विष्टले बताइन्। 

आठबिसका सम्मादी, मानदेव, खम्बडाँडा, सिर्कोट, सिगौंडी, सिस्ने, अम्तोला, निमायल र अधिकारी नागरिक छलफल चौतारीका सदस्यहरूले किट प्राप्त गरेका हुन्। यस्तै निरालथान, बाँकीजालेचौर र चेतनशील कृषि समूहका सदस्यहरूलाई किट दिइएको परियोजनाका कर्मचारी अविलाल जैसीले बताए। स्वास्थ्य किटमा प्रतिपरिवार एउटा थर्मोमिटर, दुई प्याकेट सेनेटरी प्याड, कपडा धुने र नुहाउने साबुन तथा २० वटा सर्जिकल मास्क रहेको छ। 

स्वास्थ्य किटसँगै दुल्लु र आठबीसका ८५ घरपरिवारलाई पोषण किटसमेत सहयोग गरिएको छ। पोषण किटमा काजु, सिमी, मह, सर्जिकल मास्क, सेनीटाइजर, सेनेटरी प्याड, साबुनलगायतका सामग्री छन्। कोरोना प्रभावित परिवारलाई पोषण किट उपलब्ध गराइएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.