निस्दी गाउँपालिकाका वडा अध्यक्षको मृत्यु
तानसेन : निस्दी गाउँपालिका ४ मित्यालका वडा अध्यक्ष न्योबहादुर सुनारीको मृत्यु भएको छ । ५२ वर्षीय वडा अध्यक्ष सुनारीको उपचारको क्रममा लुम्विनी मेडिकल कलेज तानसेन प्रभासमा उपचारका क्रममा मृत्यु भएको हो ।
वडा अध्यक्ष सुनारीलाई स्वास फेर्न गार्हो भइ कमजोरी महशुस गरेपछि सोमबार मात्र उपचारकि लागी अस्पताल भर्ना गरिएको थियो । मृतक सुनारीको आजै रामपुर कालीगण्डकी घाटमा दाहसंस्कार गरिने परिवारले जनाएको छ । वडा अध्यक्ष सुनारीका श्रीमती, एक छोरी दुई छोरी छन् ।
वडा अध्यक्ष सुनारी २०७४ सालमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् । उनी नेकपा एमाले जिल्ला सल्लाहकार परिषद् पाल्पाका सदस्य समेत हुन्। पार्टीमा महत्वपूर्ण योगदान गरेका सुनारीको मृत्युले पाटीलाई ठूलो क्षति पुगेको नेकपा एमाले पाल्पाका अध्यक्ष नारायण प्रसाद आचार्यले बताए ।
प्रतिक्रिया दिनुहोस !