अरनिको राजमार्गको कोदारी खण्ड सञ्चालनमा

अरनिको राजमार्गको कोदारी खण्ड सञ्चालनमा

चौतारा : बाढीपहिरोले चार सातादेखि अवरुद्ध अरनिको राजमार्गअन्तर्गत कोदारी खण्डमा मङ्गलबार बेलुकादेखि सवारीसाधन सञ्चालनमा आएको छ। चीनसँगको प्रमुख व्यापारिक नाकाको रूपमा रहेको सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत तातोपानीको कोदारीमा असार ५ गते भाटेकोशी बाढीले कटान तथा पहिराले ५० मिटर सडकमा क्षति पुगेको थियो।

अवरुद्ध सडकलाई अस्थायी ट्र्याक निर्माण गरी सवारीसाधन सञ्चालनमा आएको डिभिजन सडक कार्यालय दोलखाका इञ्जिनीयर गोविन्द डुमरीले जानकारी दिए। यद्यापि लिपिङ पुलको अवद्ध सडक खुलाउन भने अझै समय लाग्ने भएको छ। असार २ गतेको अविरल वर्षाले सीमा पुल नजिकैपर्ने लिपिङ पुल छेउको करीब १५ मिटर सडक भासिएकाले त्यहाँ आजैदेखि काम सुरु गरी १० दिनभित्र यातायात सञ्चालनमा ल्याउने लक्ष्य रहेको इञ्जिनियर डुमरीले बताए। 
    

उक्त पुललाई तलबाट भोटेकोशी र माथिबाट ठाडो खोलाले कटान गरेकाले तत्काल रोकथाम नगरे ठूलो समस्या उत्पन्न हुने सम्भावना देखिएको छ। कोदारीबाट एक किलोमिटरमाथि रहेको सो ठाउँमा अब निर्माण सामग्री र मेसिनरी साधन लान सहज भएको हुँदा तीव्रताका साथ कामलाई अघि बढाइने सडक डिभिजन कार्यालयले जनाएको छ। दुई ठाउँको सडक अवरुद्धले चीनबाट आयात भएका सामान लामो समयदेखि बाटोमै रोकिएको हुँदा राजश्वमासमेत असर परेको तातोपानी भन्सार कार्यालयले जानकारी दिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.