पहिरोले दुई जेसीबी र एक ट्याक्टर पुरियो : एक जनाको मृत्यु

पहिरोले दुई जेसीबी र एक ट्याक्टर पुरियो : एक जनाको मृत्यु

तानसेन : पाल्पाको तिनाउ गाउँपालिका वडा नं ६ डुम्रेमा गएराती पहिरोले ट्याक्टर र दुईवटा जेसीबी पुरिंदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।  पहिरोमा पुरिएर घाइते भएका ट्याक्टरका सहचालक बर्दियाको बासगढी नगरपालिका ४ घर भइ हाल पाल्पाको डुम्रेमा बस्दै आएका २७ वर्षीय महेन्द्र भन्ने मुमलाल पुनको उपचारको क्रममा लुम्विनी मेडिकल कलेज तानसेन प्रभासमा मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ। 

घाइते हुनेमा जेसीबी चालक जिल्लाको रैनादेवि छहरा गाउँपालिका  वडा नं. १ बस्ने २० वर्षीय सरोज बुढा रहेको छन्। जेसीबी चालक बुढाको पनि लुम्विनी मेडिकल कलेजमा उपचार भइरहेको छ। 

गएराती हिलोमा फसेको लु ४ त ६६२९ नम्बरको ट्याक्टर निकाल्न  गएको लु १ क २४९६ नम्बर र लु १ क २४९६ नम्बरको जेसीबी माथिबाट खसेको पहिरोले  पुरिएका थिए। डुम्रेको भित्री सडक खण्डबाट होलिघाटतर्फ ढुङ्गगा लिएर जाने क्रममा हिलोबाटोमा ट्याक्टर फसेको थियो।

    
घटनाको थप अनुशन्धानको लागि प्रभास प्रहरी चौकिका प्रमुख भरत थापाको कमाण्डमा टोलि खटिएको  जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता  प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए। लगातार परेको वर्षाको कारण भर्खर खनेका सडकहरु पहिरोका जोखिममा परेका छन्।  पाल्पामा बाढी पहिरोबाट मात्र एक महिनाको अवधिमा ५ जनाको मृत्यु भइसकेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.