काँग्रेस संसदीय दलको बैठक आइतबार बस्ने

काँग्रेस संसदीय दलको बैठक आइतबार बस्ने

काठमाडौं : नेपाली काँग्रेस संसदीय दलको बैठक आइतबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएको छ। 

पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि दलको पहिलोपटक बैठक बस्न लागेको हो। सांसद डिला सङ्ग्रौलाले संसदीय दलको बैठक आइतबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्न लागेको जानकारी दिए। 

विसं २०७४ को निर्वाचनपछि प्रमुख प्रतिपक्षी दलका रुपमा सदनमा भूमिका निर्वाह गर्दै आएको काँग्रेस गत साता सरकारको नेतृत्वमा पुगेपछि परिवर्तित परिस्थितिमा दल र सांसदले खेल्नुपर्ने भूमिकाका विषयमा बैठकमा छलफल हुने बताइएको छ। 

बैठकमा समसामयिक राजनीतिक परिस्थितिमा पार्टीले सदनमा निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा पनि छलफल हुने उनले बताए। आइतबार दिउँसो ४ बजे संसद् बैठकसमेत बोलाइएको छ। यसअघि बिहान १० बजे संसद्को कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने जनाइएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.