चोरीका मोटरसाइकल बरामद
जाजरकोट : प्रहरीले जाजरकोटमा चोरीका तीन थान मोटरसाइकल बरामद गरेको छ । लकडाउनको मौका छोपी भन्सार छलि गरेर ल्याएका चोरीका मोटरसाइकल प्रहरीले बरामद गरेको हो ।
निषेधाज्ञा अवधिभर जिल्ला प्रहरी कार्यालय जाजरकोट र मातहतबाट खटिएका प्रहरी टोलीले जिल्लाको विभिन्न स्थानबाट फेला पारेका भन्सार चोरी छलीका प्रदेश नं. ३–०२०२४ प ४५२७ नम्बर उल्लेख भएको ३५० सि.सि को बुलेट मोटरसाइकल, २२० सि.सि.को भे ५ प ५४३८ नम्बर उल्लेख भएको निलो रङ्को पल्सर मोटरसाइकल र भे ७ प ५०५५ नम्बरको रातो कालो रङको पल्सर २२० मोटरसाइकल बरामद गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी मधुकुमार थापाले बताए ।
बरामद गरिएका मोटरसाइकल आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय नेपालगञ्ज पठाएको डीएसपी थापाले बताए । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस !