सडकको बेहाल

सडकको बेहाल

दैलेख : संघीय सरकारले दुल्लुलाई ‘स्मार्ट सिटी’ बनाउने निर्णय गरिसकेको छ। तर, सामान्य विकाससमेत नहुँदा स्मार्ट सिटी बन्ने सपना बोकेका दुल्लु क्षेत्रका स्थानीयले भने अहिले सडककै कारण सास्ती भोग्नुपरेको छ। 

कतै सडक निर्माणको काम अलपत्र परेको छ। कतै सडक स्तरोन्नतिमा नगरपालिकाले चासो दिएको छैन। सबैभन्दा बढी सास्ती अहिले दुल्लु बजार क्षेत्र, कीर्तिखम्ब चोकदेखि पटांगिनी दुल्लु संग्राहालय हुँदै घियातिदुस्थित मध्यपहाडी राजमार्गसम्म जोड्ने सडकमा छ। सडकमा ठूल्ठूला खाल्डा बनेका छन्। पानी पर्दा हिलो र घाम लाग्दा धुलोले स्थानीयले सास्ती खेप्नुपरेको हो। 

यो सास्ती खेप्न थालेको वर्षौं बितिसकेको स्थानीयको गुनासो छ। दुल्लुका स्थानीय कृष्णप्रसाद आचार्य भन्छन्, ‘नगरपालिकाले सडक स्तरोन्नतिमा चासो नदिँदा नागरिकहरूले सास्ती बेहोर्नुपरेको छ।’ सडक सुधार नहुनुमा नगरपालिकाको चरम लापरबाही रहेको आचार्यको भनाइ छ। हिलाम्य सडककै कारण पैदल यात्रुले सास्ती बेहोर्नुपरेको र सवारीसाधन सञ्चालनमा कठिनाइ भएको स्थानीय जीतेन्द्र थापाले बताए। ‘नगरपालिका, प्रदेश सरकार र संघीय सरकारको चरम लापरबाहीका कारण दुल्लु क्षेत्रको परिचय नै हिलाम्य र खाल्डे सडक बनेको छ,’ थापाले भने, ‘सडक सुधार नहुँदा दुल्लु क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरूले सास्ती खेप्नुपरेको छ।’ 

त्यसबाहेक दैलेख सदरमुकामबाट गमौडी हुँदै दुल्लु जोड्ने, माथिल्लो डुंगेश्वरदेखि बैंक बजार हुँदै दुल्लु जोड्ने, तल्लो डुंगेश्वरबाट रातामाटे हुँदै दुल्लु बजार जोड्ने सडकमा खाल्डाखुल्डी र हिलाम्य छ। प्रदेश र संघीय सरकारबाट सडक स्तरोन्नतिको काम थालनी भएपछि नगरपालिकाले बजेट नछुट्याएको दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले बताए। 
अहिले सबैभन्दा बढी सास्ती भएको घियातिदुदेखि दुल्लु संग्राहालय, पटांगिनी हुँदै दुल्लु बजार क्षेत्र, कीर्तिखम्ब चोकसम्मको सडक स्तरोन्नतिको पक्रिया आर्थिक वर्ष २०७६/७७ बाटै थालनी गरिएपछि पूरा हुन सकेको छैन। पूर्वाधार विकास कार्यालय दैलेखबाट आर्थिक वर्ष २०७६/७७ मा उक्त सडक स्तरोन्नतिका लागि १० करोडको ठेक्का खोली सबै प्रक्रिया पूरा गरेपछि रद्द गरिदिएको नगर प्रमुख भण्डारीले बताए। 

‘पूर्वाधार विकास कार्यालयबाटै गत आर्थिक वर्षमा नौ करोड बराबरको ठेक्का प्रक्रिया पूरा भएको छ, तर अहिलेसम्म काम सुरु हुन सकेको छैन,’ नगर प्रमुख भण्डारीले भने। दुल्लुलाई स्मार्ट सिटी बनाउने घोषणा गरेको संघीय सरकारले चालू आर्थिक वर्षमा बजेट व्यवस्था नगरेको नगर प्रमुख भण्डारीको गुनासो छ। दुल्लु बजारस्थित पानी पर्दा हिलाम्य र घाम लाग्दा धुलाम्य हुने कीर्तिखम्ब चोक क्षेत्रको सडक स्तरोन्नतिका लागि ठेक्का भई कर्मठ किसान कन्स्ट्रक्सनले जिम्मा लिएर अलपत्र पारेको नगर प्रमुख भण्डारी बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.