पुलमा कार्यरत मजदुरको ढुंगामा चिप्लिएर मृत्यु
बागलुङ: बागलुङको निसीखोला गाउँपालिकामा काम गर्ने क्रममा चिप्लिएर एक मजदुरको ज्यान गएको छ ।
गोरखाको धार्चो गाउँपालिका–२ केरौजाबेसी घर भइ हाल बागलुङको निसीखोलामा झोलुङ्गे पुल बनाउने काम गर्दै आएका २६ वर्षीय वीरे गुरुङको खानेपानीको पाइप जोड्ने क्रममा बिहीबार दिउँसो चिप्लिएर लड्दा मृत्यु भएको हो ।
निसीखोला गाउँपालिका–७ राजकुटस्थित सेम्कादेखि चोलाङ जोड्ने निर्माणाधीन झोलुङ्गे पुलमा गुरुङले काम गर्दै आएका थिए ।
सोही स्थानमा रहेको खानेपानीको पाइप मर्मत गर्ने क्रममा ढुङ्गामा चिप्लिएर ५० मिटर तल खसेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !