काठमाडौँ महानगरपालिकाको ३२ वटै वडामा खोप केन्द्र

काठमाडौँ महानगरपालिकाको ३२ वटै वडामा खोप केन्द्र

काठमाडौँ : काठमाडौँ महानगरपालिकाको ३२ वटै वडामा भेरोसेल खोपको दोस्रो मात्रा लगाउन केन्द्रको व्यवस्था गरिएको छ । महानगरका स्वास्थ्य विभाग प्रमुख करिबहादुर कुँवरकाअनुसार खोप लगाउन आउँदा पहिलोपटक लगाएको कार्डसहितको विद्युतीय दर्ता नम्बर लिएर आउनुपर्ने र पहिलो खोप लगाएको २१ दिन पुगेको हुनुपर्ने व्यवस्था गरिएको छ । 

निर्धारण गरिएका सबै केन्द्रमा बिहान १० बजेदेखि साँझ  ५ बजेसम्म खोप लगाइने छ । खोप आगामी आइतबारसम्म  सञ्चालन हुनेछ ।

यसअघि महानगरले १२  खोप केन्द्रमार्फत असार २९ देखि ३१ गतेसम्म खोप उपलब्ध गराएको थियो । पछिल्लो समय कोरोनाका बिरामी बढ्दै गएकाले भीड कम गर्न सबै वडामा खोप केन्द्रको व्यवस्था गरिएको हो।

अहिलेसम्म महानगरका ७२ हजार ६४४ जना कोरोनाबाट संक्रमित भएकामा ६८ हजार ७७१ निको भएका ५१०को मृत्यु भएको छ । यहाँ तीन हजार ३६३ जना सक्रिय संक्रमित छन् ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.