गोरखामा एक महिला र एक पुरुषको शव फेला
गोरखा : शनिबार गोरखाको दुई नदी किनारमा दुई शव भेटिएका छन्। दरौँदी र मर्स्याङ्दी नदीको किनारमा एक महिला र एक पुरुषको शव भेटिएको हो।
दरौँदीको सिरानचोक गाउँपालिका ७ अर्कुल खण्डमा बारपाक सुलीकोट गाउँपालिका ५ लाँकुरीबोट बस्ने यमप्रसाद भट्टको शव फेला परेको प्रहरीले जनाएको छ। भट्टको शव नदीको मध्यबगरमा फेला परेको एसपी शेखर खनालले जानकारी दिए।
माछा मार्न गएको एक युवाले नदी बिचमा घोप्टो परेको अवस्थामा शव देखेपछि स्थानीयलाई खबर गरेको र स्थानीयले प्रहरीलाई जानाकारी गराएका थिए।
त्यस्तै मर्स्याङ्दी नदीको गोरखा नगरपालिका १४ याङ्कोट खण्डमा एक महिलाको बेवारिसे शव भेटिएको छ। सडेगलेको अवस्थामा शव भेटिएकाले पहिचान गर्न कठिनाइ भइरहेको उनले बताए।
दरौँदी नदीको मध्यभागमा फेला परेको भट्टको शव।
प्रतिक्रिया दिनुहोस !