अवकाशपछि कृषि व्यवसायमा लाग्छु : प्रधानसेनापति थापा

अवकाशपछि कृषि व्यवसायमा लाग्छु : प्रधानसेनापति थापा

काठमाडौं : नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले बेँसीशहर नगरपालिका–२ बगाले गाउँमा निर्माण भएको नेपाली सेना कृषि विज्ञान संस्थानको उद्घाटन गरेका छन्। नेपाली सेनाको कल्याणकारी योजनाअन्तर्गत सैनिक कल्याणकारी कोषद्वारा निर्माण गरिएको नेपाली सेना कृषि विज्ञान संस्थानको सोमबार उद्घाटन गर्दै प्रधानसेनापति थापाले आधुनिक र वैज्ञानिक कृषि विस्तार गरी देशको अर्थतन्त्रमा योगदान दिन कृषि विज्ञान संस्थानको स्थापना गरिएको बताए। 

प्रधानसेनापति थापाले अवकाशपछि नेपाली सेनालाई कृषि तथा पशुपालनमा दक्ष बनाएर गाउँघरमै परिवारसँग बसेर स्वरोजगार बन्न कृषि विज्ञान संस्थानले सीप सिकाएर पठाउने बताए। प्रधानसेनापति थापाले त्रिभुवन विश्व विद्यालयको मापदण्डअनुसार विएस्सी एजी सञ्चालन गरिने र त्यसमा सैनिकका छोराछोरी तथा सर्वसाधरण नागरिकका छोराछोरीले पनि पढ्ने अवसर पाउने भएकाले आधुनिक नेपाल निर्माण गर्ने जनशक्ति उत्पादन हुने धारणा राखे। उनले कृषिमा लमजुङलाई ‘हव’ बनाउन कलेजले महत्वपूर्ण भूमिका निभाउने बताए।

शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले शिक्षा क्षेत्रमा लगानीअनुसार प्रतिफल प्राप्त नभइरहेका बेला नेपाली सेना कृषि विज्ञान संस्थानबाट उत्पादन हुने जनशक्तिले कृषिको व्यावसायिकीकरण र आधुनिकीकरणमा महत्वपूर्ण योगदान दिने बताए। 

कायम मुकायम प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्रिय सुरक्षा नीतिमा खाद्य सुरक्षा उल्लेख भएकाले कृषि तथा पशुपालनमा दक्ष जनशक्ति उत्पादन भई त्यसबाट प्राप्त हुने सीपले नेपाली सेना अवकाशपछि विदेशमा गएर दुःख गर्नुपर्ने अवस्था नआउने धारणा राखे। 

अहिलेसम्म नेपाली सेनाका सक्कल दर्जा र हितधिकारी गरी १२० ले प्रि–डिप्लोमा, प्लान्ट साइन्स र एनिमल साइन्सको तालीम लिइरहेका छन् भने आगामी शैक्षिकशत्रदेखि विएस्सी एजीको अध्ययन हुने सहायक प्रिन्सिपल विनोद घिमिरेले जानकारी दिए। बेँसीशहर नगरपालिकका प्रमुख गुमानसिंह अर्याल, प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेल, श्रीजङ्ग गणका गणपति जयराम थापा, प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीलगायत उपस्थिति थियो। 

उक्त कोषबाट भ्याट बाहेक रु १३ करोड लगानीमा उक्त संस्थानको संरचना निर्माण भएको छ। करिब ४०० रोपनी क्षेत्रफल रहेको नेपाली सेना कृषि विज्ञान संस्थानको जग्गामध्ये २० प्रतिशतमा भौतिक पूर्वाधार, ५० प्रतिशतमा कृषि र ३० प्रतिशत क्षेत्रफलमा पशुपालन हुने भएको छ। नेपाली सेना कृषि विज्ञान संस्थानमा हाल यहाँ बङ्गुर, गाइ, कुखुरा, बाख्रापालन गरिएको छ भने कागती, कफी, चियापती, तरकारी खेतीलगायत कार्यक्रम अघि बढाइएको छ। नेपाली सेनाले यसरी तालिम केन्द्र हुँदै विएस्सी एजीसम्मको अध्ययन हुने नेपाली सेना कृषि विज्ञान संस्थान सञ्चालन गरेको नेपालकै पहिलो हो।  

विसं २०७५ वैशाखदेखि भौतिक पूर्वाधार निर्माण शुरु भएको थियो। प्रशासनिक भवन, १४ जना अट्ने शिक्षक क्वाटर, ल्याब, लाइबेरी, छात्राका लागि होस्टेललगायत संरचना निर्माण सम्पन्न भएको छ। निर्माणको जिम्मा वुद्ध कन्ट्रक्सन कम्पनी प्रालि काठमाडौंले लिएको थियो।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.