लुम्बिनीको मुख्यमन्त्रीमा कुलप्रसाद निश्चित, आजै शपथ

लुम्बिनीको मुख्यमन्त्रीमा कुलप्रसाद निश्चित, आजै शपथ

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले दावी गरेका छन् । प्रदेश प्रमुख अमिक शेरचनले बुधबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको मुख्यमन्त्रीका लागि आह्वान गरेका थिए ।

मुख्यमन्त्री शंकर पोखरेलले राजिनामा दिएपछि नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया थालिएको हो । केसीले ४२ जना सांसदको हस्ताक्षर बुझाएका छन् । सूर्य चिन्हबाट चुनाव जितेको स्वतन्त्र समूहका अजय शाही समेत केसीको पक्षमा देखिएका छन् ।

मुख्यमन्त्री दाविका लागि बिहीबार तीन बजेसम्मको समय तोकिएको थियो । निर्धारित समयमा एकजना मात्रैको दावी परेपछि केसीलाई आज नै मुख्यमन्त्री चयन गरिने भएको छ ।

आजै शपथ ग्रहण गरी सानो आकारको मन्त्रीमण्डल बनाउने तयारी छ। सरकारमा जाने मन्त्रीको आकांक्षी धेरै भएकाले नेताहरुलाई हम्मेहम्मे छ । जसपाका तीन जना मन्त्री बन्दैछन् । माओवादी, कांग्रेसले भने मन्त्री छनौट गरिसकेका छैनन् ।

एक/एक जना मन्त्रीसहित केसीले शपथ ग्रहण गर्ने बताइएको छ । जसपाका तीनमन्त्रीमध्ये दुई महिलालाई विनाविभागीय बनाइने छ । जसपाका अहिले तीनजना मात्रै सांसद छन् । तीनैजना मन्त्री हुन लागेका हुन् ।

दलका नेता सहसराम यादव, पुर्मती ढेगा र सुमन शर्मा रायमाझी मन्त्री हुनेछन् । रायमाझी यसअघि भौतिक पूर्वाधार राज्यमन्त्री बनेर राजिनामा दिएकी थिइन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.