लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त

बुटवल : तत्कालिन कांग्रेस सभापति एवं प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई कालो झण्डा देखाएकै कारण प्रावि तहको शिक्षक पदको जागिर गुमाएका कुलप्रसाद केसी दुई दशकपछि कांग्रेसकै समर्थनमा लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका छन् ।

२०४९ सालमा शिक्षक जागिर गुमेपछि उनी अर्थभूमिगत बनेर कम्युनिस्टको राजनीतिमा लागेका थिए । दुई दशकको राजनीतिक यात्रापछि केसी मुख्यमन्त्री बनेका हुन् । रोल्पाबाट प्रदेशसभामा निर्वाचित उनले आजै शपथ ग्रहण गर्देछन् ।

मुख्यमन्त्रीमा एकल दावी परेपछि प्रदेश प्रमुख अमिक शेरचनले उनलाई मुख्यमन्त्री चयन गरेका हुन् । आजै शपथ ग्रहण गरी सानो आकारको मन्त्रीमण्डल बनाउने तयारी छ । 

सरकारमा जाने मन्त्रीको आकांक्षी धेरै भएकाले नेताहरुलाई हम्मेहम्मे छ । जसपाका तीन जना नै मन्त्री बन्दैछन् । माओवादी, कांग्रेसले मन्त्री छनौट गरिसकेका छैनन् । एक/एक जना मन्त्रीसहित केसीले शपथ ग्रहण गर्ने बताइएको छ । 

जसपाका तीनमन्त्री मध्ये दुई महिलालाई विनाविभागीय बनाइने छ । जसपाका अहिले तीन जना मात्रै सांसद छन् । तीनै जना मन्त्री हुन लागेका हुन् । दलका नेता सहसराम यादव, पुर्मती ढेगा र सुमन शर्मा रायमाझी मन्त्री हुनेछन् । रायमाझी यसअघि भौतिक पूर्वाधार राज्यमन्त्री बनेर राजिनामा दिएकी थिइन् । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.