यी हुन् लुम्बिनीमा मन्त्री बन्ने ६ सांसद
बुटवल: लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले तत्काल ६ सदस्यीय मन्त्री मण्डल बनाउने भएका छन् ।
स्वतन्त्र सांसदसहित तीन दलका सांसदहरु मन्त्री बन्न लागेका हुन् । उनीहरुको बिहीबार साँझ नै शपथ हुने बताइएको छ ।
एमालेको साथ छाडेर गठबन्धनमा लागेका स्वतन्त्र समूहका सांसद अजय शाही मन्त्री बन्ने पक्का भएको छ । जनता समाजवादीका तीन जना सांसदहरु मन्त्री हुनेछन् । दलका नेता सहसराम यादव, पुर्मती ढेगा र सुमन शर्मा रायमाझी मन्त्री हुने माओवादीका सांसद सुर्दशन बरालले जानकारी दिए ।
त्यस्तै कांग्रेसबाट डिल्ली चौधरी मन्त्री बन्दैछन् । उनी संघीय सरकारका पूर्व राज्यमन्त्री हुन् । माओवादी केन्द्रबाट कृष्णध्वज खड्का मन्त्री बन्ने पक्का भएको छ । मन्त्रालयको वाडफाड अझै टुंगिएको छैन । सरकारमा जाने मन्त्रीको आकांक्षी धेरै भएकाले नेताहरुलाई हम्मेहम्मे छ ।
प्रतिक्रिया दिनुहोस !