लुम्बिनी: ६ मन्त्रीसहित मुख्यमन्त्रीले लिए शपथ

लुम्बिनी: ६ मन्त्रीसहित मुख्यमन्त्रीले लिए शपथ

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले शपथ लिएका छन् । बिहीबार दिउँसो मुख्यमन्त्री नियुक्त भएका केसीलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका हुन् ।

मुख्यमन्त्री केसीसहित अन्य ६ जना मन्त्रीले पनि शपथ लिएका छन् । कांग्रेसबाट डिल्ली चौधरी मन्त्री बनेका छन् । उनले शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । माओवादीका कृष्णध्वज खड्का आन्तरिक मामिला तथा कानून मन्त्री बनेका छन् । जनता समाजवादी संसदीय दलका नेता सहसराम यादव भौतिक पूर्वाकार विकास मन्त्री बनेका छन् ।

स्वतन्त्र समूहका अजय शाही, जसपाका सुमन शर्मा रायमाझी र पुर्मती ढेगाले विनाविभागीय मन्त्रीको हैसियतमा शपथ लिएका छन् । यी मन्त्रीको मन्त्रालय तोकिएको छैन । आर्थिक मामिला, सामाजिक, स्वास्थ्य तथा जनसंख्या, भूमि व्यवस्था मन्त्रालय अझै खाली रहेका छन् । गठबन्धनमा सहभागि जनमोर्चा भने सरकारमा गएको छैन् । लुम्बिनीमा माओवादी र कांग्रेसबीच ८/८ महिना सरकार चलाउने सहमति भएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.