रेडपाण्डाको छालासहित ३ जना कपिलवस्तुबाट पक्राउ

रेडपाण्डाको छालासहित ३ जना कपिलवस्तुबाट पक्राउ

कपिलवस्तु : रेडपाण्डाको अवैध कारोवार गर्ने ३ जनालाई प्रहरीले कपिलवस्तुको वाणगंगाबाट पक्राउ गरेको छ । प्रहरीले वाणगंगा नगरपालिका  ४ सिद्धीपुरस्थित बराल होटलबाट रेड पाण्डाको छाला, पुच्छरसहित ३ जनालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए । 

पक्राउ पर्नेहरुमा झापा जिल्ला विर्तामोड नगरपालिका वडा नं. ५ शनिश्चरेका २९ वर्षीय खगेन्द्र पुरी, ३२ वर्षीय आशिष जोगी र २६ वर्षीय सौरभ राजवंशी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले २ वटा रेड पाण्डाको छाला र रेड पाण्डाको पुच्छर बरामद गरेको छ । 

पक्राउ परेका ३ जनालाई उनीहरुको साथबाट बरामद भएको छाला सहित प्रहरीले डिभिजन बन कार्यालयलाई कपिलवस्तुलाई बुझाएको छ । उनीहरु उपर राष्ट्यि निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्र्तगत मुद्धा चल्ने डिभिजन वन कार्यालयले जनाएको छ ।

बरामद भएको छाला परीक्षणका लागि केन्द्रमा पठाउने तयारी भईरहेको र पक्राउ ३ जना उपर थप अनुसन्धान सुरु गरिएको सहायक वन अधिकृत मदन मोहन शाण्डिल्यले बताए । ऐन अनुसार यस प्रकारको मुद्धामा दोषी प्रमाणित भए १० वर्ष कैद र ५ लाख रुपैयाँसम्मको सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको छ ।  
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.