तानसेनमा टाटा दुर्घटना, ११ जना घाइते, एकको अवस्था गम्भीर

तानसेनमा टाटा दुर्घटना, ११ जना घाइते, एकको अवस्था गम्भीर

तानसेन : तानसेन नगरपालिका ७ प्रभास बासटारी सालघारीमा भित्री सडकखण्डमा टाटा विङ्गर दुर्घटना भएको छ । काठमाडौंबाट तानसेनको कुन्सरेतर्फ जाँदै गरेको लु १ ज २९९२ नम्बरको विङ्गर सोमबार बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा परी चालकसहित ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेमध्ये नरबहादुर कुमालको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ । गाडी सडकदेखि १५ मिटर तल खसेको जनाइएको छ ।

घाइते सबैको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.