नयाँगाउँलाई शैक्षिक हव बनाइँदै: बौद्ध विश्वविद्यालय आएपछि स्थानीय उत्साही

नयाँगाउँलाई शैक्षिक हव बनाइँदै: बौद्ध विश्वविद्यालय आएपछि स्थानीय उत्साही

बुटवल: बुटवलको नयाँगाउँमा लुम्बिनी बौद्ध विश्वविद्यालय आएकोमा स्थानीयले स्वागत गरेका छन् ।

लुम्बिनीमा केन्द्रीय कार्यालय रहेको विश्वविद्यालयले नयाँगाउँमा सिटी कलेज सञ्चालन गर्दैछ । १२ औं विश्वविद्यालयसभाबाट सिटी कलेज चलाउने निर्णय भएको थियो ।

बुटवलको नयाँगाउँ क्षेत्रलाई शैक्षिक हवको रुपमा विकास गर्ने योजनासहित विश्वविद्यालय ल्याउनका लागि यसक्षेत्रका समाजसेवीहरु जुटेका हुन् । विश्वविद्यालय ल्याउनका लागि नयाँगाउँ माध्यमिक विद्यालयले पूर्वाधारसहितको करिव ५ बिगाहा जग्गा प्रदान गरेको छ । नयाँगाउँको नदी उकाश क्षेत्रमा क्याम्पस चलाउने योजनासहित विद्यालयले पूर्वाधार बनाएको थियो । क्याम्पस सञ्चालन गर्न आर्थिक स्रोत अभाव भएपछि त्यत्तिकै रोकिएको बेला लुम्बिनी विश्वविद्यालयको सिटी कलेज ल्याउने निर्णय भएको हो ।

बुटवलको बेलबासमा बिहीबार भएको एक अन्र्तक्रिया कार्यक्रममा सहभागी विद्यालयका पदाधिकारी, चन्दादाता, अभिभावक तथा जनप्रतिनिधिहरुले विश्वविद्यालय आउदा यो क्षेत्र नै शैक्षिक हव बन्ने विश्वास व्यक्त गरेका छन् ।

सो अवसरमा बोल्दै लुम्बिनी प्रदेशका पूर्व मन्त्री एवं सांसद भोजप्रसाद श्रेष्ठले आफू बुटवलको मेयर हुदाँ नयाँगाउँ क्षेत्रमा क्याम्पस चलाउन बनाएको योजनाले अहिले सार्थकता पाएको बताए । तिनाउ पारीको विकास शैक्षिक विकासबाटै हुने भन्दै बौद्ध विश्वविद्यालयको एउटा कजेलेले नयाँगाउँ क्षेत्रकै स्वरुप फेरिने बताए ।

विश्वविद्यालयको पूर्वाधार निर्माण, शैक्षिक विकाससँगै नयाँगाउँ माविलाई पनि विशिष्ट विद्यालय बनाउन सबैको प्रयत्न हुनुपर्ने बताए । तिनाउ पारीको भूभाग अव ग्रामिण क्षेत्रमा मात्रै सीमित नभएको भन्दै उनले शिक्षाको विकासबाट यसको स्वरुप फेरिने बताए ।

प्रदेशसभा सदस्य खड्ग केसीले बुटवल उपमहानगरभित्र रहेर पनि पछि परेको नयाँगाउँ आसापासको क्षेत्रलाई शैशिक हवको रुपमा विकास गर्नुपर्ने भन्दै विश्वविद्यालयले सो सपना पुरा गर्ने विश्वास गरे ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. हृदयरत्न बज्राचार्यले नयाँगाउँ क्षेत्रलाई शिक्षाको अग्रणी स्थान बनाउने योजनालाई विश्वविद्यालयले सहयोग गर्ने प्रतिवद्धता जनाए । देवदह र बुटवलमा विस्तार भएको विश्वविद्यालयलाई विशिष्टीकृत बनाउदै लैजाने योजना रहेको उनले बताए । सो काम समुदाय र विश्वविद्यालय एकजु्ट भएर नै अघि बढ्ने उनको भनाइ थियो ।

विश्वविद्यालयका रजिष्ट्रार डा. तिलक आचार्यले विश्वविद्यालय विशाल स्वरुपमा खडा हुने भएकाले नयाँगाउँबासीले शंका गर्ने नपर्ने बताए । ‘जति धेरै जमिन उपलब्ध भयो, त्यति ठूलो नै योजना विश्वविद्यालयले बनाउछ, उनले भने,–‘विश्वविद्यालय ल्याउने र विकास गर्ने विषयमा स्थानीयले संर्किर्ण सोच राख्नु हुदैन । खुला हृदयले सहयोग पुराउनुपर्छ ।’

नयाँगाउँमा प्राप्त जग्गाको सट्टामा विश्वविद्यालयले कुनै सहयोग नगर्ने भन्दै आचार्यले विश्वविद्यालय स्थापनापछि हुने लाभ नै स्थानीयको उपलब्धी हुने बताए । रोजगारी, स्थानीय विद्यार्थीको पठन पाठन, सयौं विद्यार्थीले पढ्दा हुने व्यापार व्यवसाय नै नयाँगाउँका स्थानीयको उपलब्धी हुने उनले बताए । दक्ष शैक्षिक जनशक्ति भए अहिले नै रोजगारी दिन सक्ने अवस्था रहेको समेत उनले बताए ।

विश्वविद्यालयले आगामी ५ वर्षमा उपलब्ध जग्गा क्षेत्रको स्वरुप नै परिवर्तन गर्ने आचार्यले जानकारी दिए । पहिलो चरणमा करिव ९ करोड लागतमा भवन निर्माण र वाउण्ड्री वाल निर्माणको काम हुन लागेको छ । एक वर्षभित्र नै यो कामले मुर्तता पाउनेछ ।

सो अवसरमा बोल्दै बुटवल वडा नम्बर १२ का अध्यक्ष दुर्गा सुवेदीले विश्वविद्यालयले नयाँगाउँ माविको सिफारिसमा केही विद्यार्थीलाई छात्रबृत्ति र विद्यालयलाई आफ्नो अंग मानेर जानुपर्ने बताए ।

नयाँगाउँ माविका अध्यक्ष पुरुषोत्तम बस्यालले विश्वविद्यालयलाई आफ्नो क्षेत्रमा ल्याउदा जीवनकै ठूलो खुसी मिलेको बताए । कलेज चलाउने अपुरो योजनाले अव मूर्त रुप लिएको उनले बताए । विद्यालयका बरिष्ठ सल्लाहकार डीआर घिमिरेले विश्वविद्यालयलाई समुदायले नै अपनत्व लिएर अघि बढ्ने विश्वास दिलाए । उनले लुम्बिनीमा निर्माण भएको संरचना जस्तै पर्यटकीय महत्वको संरचना नयाँगाउँमा बनाउन विश्वविद्यालयलाई आग्रह गरे ।

सो अवसरमा शिक्षक अभिभावक संघका अध्यक्ष लक्ष्मण खड्का, विद्यालयका पूर्व अध्यक्ष डिल्ली शर्मा, विद्यालयका प्राध्यानाध्यापक पुरुषोत्तम भट्टराई, शिक्षक रामप्रसाद पाण्डे लगायतले बोल्दै नयाँगाउँमा विश्वविद्यालय आएकोमा खुसी व्यक्त गरे ।

बौद्ध विश्वविद्यालयले बुटवलमा अहिले बिएएलएलबी र बिबिटिटिएम कार्यक्रम सञ्चालन गरेको छ । बुटवलको भाडाको भवनमा चलिरहेको यो कार्यक्रम अहिले नयाँगाउँमा सारिएको हो । विश्वविद्यालयका रजिष्ट्रार डा. तिलक आचार्यको सक्रियतामा नयाँगाउँ माध्यमिक विद्यालयको जग्गा उपलब्ध भएको हो । प्रदेश सांसद भोजप्रसाद श्रेष्ठले जग्गा प्राप्तीमा विशेष भूमिका खेलेका थिए । करिव ५ विगाहा जमिनमा यसै वर्षदेखि पूर्वाधार बनाउन निर्माण कम्पनीसँग विश्वविद्यालयले सम्झौता गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.