बसमा यात्रा गरिरहेकी आमाको मृत्युपछि नाबालक छोरालाई भुलाउन जब उनकै काखमा राखियो...

बसमा यात्रा गरिरहेकी आमाको मृत्युपछि नाबालक छोरालाई भुलाउन जब उनकै काखमा राखियो...

जाजरकोट : शुक्रबारदेखि एउटा तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। तस्बिरमा एक अचेत अवस्थामा रहेकी आमाको काखमा एउटा बालकलाई देख्न सकिन्छ। उक्त तस्बिरमा रहेकी महिलाको नाम धर्माकुमारी बटाला हो। २८ वर्षीया बटालको माइतीघर डडेल्धुराको अजयमेरु गाउँपालिका - ३ गुनपाल हो। उनले रुकुम–पश्चिमको आठबिसकोट नगरपालिका–९ का दलबहादुरसँग बिहे गरेकी थिइन्। 

उक्त तस्बिर उनी रुकुम पश्चिमको राडीबाट बाँकेको नेपालगञ्जमा जाँदा रात्रीबसमा लिइएको हो। मुटु रोगी उनी थप उपचारका लागि ३२ महिने छोरा किरणलाई बोकेर बिहीबार नेपालगञ्ज जाँदै थिइन्। उपचारका लागि गाउँबाट नेपालगञ्ज जाने क्रममा उनले बीचबाटो बसमै ज्यान गुमाएकी थिइन्।

नेपालगञ्जमा रहेका श्रीमानलाई आफू बिरामी भएको खबर सुनाएपनि श्रीमानले गाँउकै मेडिकलमा उपचार गर्न सुझाए। तर उनलाई निको नभएपछि छोरा लिएर आउ नेपालगञ्जमै उपचार गरौँला भनेपनि राडीबाट रात्री बसमा उनी काखेबालकसहित चढेकी थिइ्न। उनको उपचारमा पहिला पनि ४ लाखभन्दा बढी खर्च भइसकेको बताउँदै श्रीमान भन्छन्, ‘मैलै नै उपचारका लागि बोलाएको थिए। शुक्रबार बिहान कोहलपुरमा भेट्न भनेर म पर्खिरहेको थिए। तर उनले बाटोमै ज्यान गुमाइ सकिछन्। रातिसम्म त फोनैमा कुरा भइरहेको थियो ठिकै थिइन् तर के पो भएछ बाटोमै देह त्याग गरिछन्। बिहान आमा मृत अवस्थामा र छोरालाई रोइरहेको अवस्थामा फेला पारे।’

धर्माकुमारी चढेको बसका यात्रीका अनुसार राति उनले आफूलाई बान्ता आउने बताएपछि उनका लागि सिंगल सिट मिलाइएको थियो। ‘सुर्खेत र बर्दियाको सिमानामा पर्ने हरिया लेकमा भने उनको छोरा रोएको आवाज सुनियो। अगाडि गएर हेर्दा आमाको काखमा बालक रोइरहेका र धर्मा हलचल गर्न नसक्ने अवस्थामा थिइन्’ एक यात्रुले भने। 
रोइरहेको बच्चालाई भुलाउन धेरै यात्रुले उनलाई पालैपालो समातेपनि नमानेपछि आमा धर्माकुमारी बटालाको काखमा बच्चालाई राखिएको थियो। त्यहीबेला एक यात्रुले उक्त तस्बिर खिचेका हुन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.