जाजरकोटमा भरुवा बन्दुक सहित एक जना पक्राउ
![जाजरकोटमा भरुवा बन्दुक सहित एक जना पक्राउ](https://annapurnapost.prixacdn.net/media/albums/bajura-bandukkk_20190720155829_lNMEXlrzda.jpg)
जाजरकोट: जाजरकोटमा अवैध भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन् । नलगाड नगरपालिका १० का ५६ वर्षीय मोहन वि.क. एकनाले भरुवा बन्दुक सहित पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय रग्दाबाट गएको प्रहरीको गस्ती टोलीले वि.क.लाई उनकै घरबाट पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा घर नजिकै बाँदर हेर्ने भनी बनाएको कटेरोमा लुकाई छिपाई राखेको एकनाले खाली भरुवा बन्दुक र रातो प्लाष्टिकको झोलाभित्र फलामको जस्तो देखिने सानो ठूलो १५ टुक्रा फेला पारी रीतपूर्वक बरामद गरी नीजलाई कानून बमोजिम पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी मधुकुमार थापाले बताए ।
जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी अनुसन्धान गरिएको र उनलाई अवैध हातहतियार तथा खरखजना सम्बन्धी मुद्दा चलाइने थापाले बताए । यसअघि नलगाड ८ का वीरबहादुर पुनलाई गत सोमबार अवैध भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)