तानसेनमा घर भत्किदा बालिकाको मृत्यु
तानसेन : तानसेन नगरपालिका ५ कैलाशनगरमा घर भत्किँदा एक बालिकाको मृत्यु भएको छ । लगातार परेको वर्षाका कारण शनिबार राति करिब साढे २ बजेतिर घरमा सुतिरहेको बेला नारायण दर्जीको घर भत्किँदा १० वर्षीया नैना दर्जीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते भएकी बालिकाको युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !