म्याग्दीका खोमराज ‘वर्ड ब्लाइन्ड आइडल’

म्याग्दीका खोमराज ‘वर्ड ब्लाइन्ड आइडल’

बेनी : पोल्याडको चान्स फर दर ब्लाइन्ड फाउण्डेशनले आयोजना गरेको ‘वल्र्ड ब्लाइन्ड आइडल’ प्रतियोगिताको उपाधी म्याग्दीका खोमराज शर्माले जितेका छन्। बेनी नगरपालिका–५ डडुवाका दृष्टिविहीन शर्मा २६ देशका प्रतिस्पर्धीहरुलाई अनलाइन भोटिङको माध्यमबाट पछाडी पारेर आइडल बनेका हुन्।  

विश्वका दृष्टिविहीनबीच हुने यो प्रतिष्पर्धामा नेपालबाट नेपाल नेत्रहीन संघका उपाध्यक्ष रहेका शर्माले आवेदन मार्फत मनोनयनको छनौटमा परेका थिए। 

इमेलबाट अनलाइन भोटका आधारमा सर्वाधिक भोट पाएर आइडल घोषित भएका बुधबार आयोजक संस्थाको तर्फबाट फोन मार्फत जानकारी प्राप्त भएको शर्माले बताएका छन्। 

सेप्टेम्बर १० तारिखका दिन पोल्याण्डमा आयोजना हुने विशेष समारोहमा आइडलको उपाधी र पुरस्कार प्रदान गरिने जनाइएको छ। कोरोना महामारीको कारण शर्मालाई अनलाइन मार्फत आइडलको पुरस्कार प्रदान गर्ने आयोजक संस्थाले जनाएको छ।

प्रतियोगितामा अमेरिका, कुवेत, इटली, इजिप्ट, पोल्याण्ड, ब्राजिल, केन्या, साउदी अरेबिया, नेदरल्याण्ड लगायतका देशका २६ जना नोमिनेशनमा छनौट भएर प्रतिस्पर्धा गरेका थिए। आइडलका प्रतिस्पर्धीहरुमा अनलाइनमा इमेल मार्फत भएको भोटमा शर्माले ८ हजार २७१ भोट पाएका छन्। 

राष्ट्रिय अपांग महासंघ नेपाल गण्डकी प्रदेशको अध्यक्ष रहेका शर्माले आफुलाई बिजयी गराउन इमेल मार्फत भोड गर्ने सबैलाई आभार प्रकट गर्दै उपाधीले दृष्टिविहीनहरुको क्षेत्रमा थप सक्रिय भएर लाग्ने प्रेरणा र हौसला प्रदान गरेको बताए। 

दृष्टिविहीन भए तापनि विगत २०५६ सालदेखि नेपाल नेत्रहीन संघका बाग्लुङ, इलाम र कास्की शाखाहरू र केन्द्रको विभिन्न जिम्मेवारीमा रहेर नेपाली दृष्टिविहीन व्यक्तिहरूको शिक्षा, प्रविधिमा पहुँच, रोजगार र सशक्तीकरणका लागि शर्माले काम गर्दै आएका छन्।  

शर्माले कास्की नेत्रहीन संघ मार्फत पोखरामा नेपालकै पहिलो अडियो पुस्तकालय स्थापना, पोखरामा दृष्टिविहीनका लागि सुचना प्रविधि तालिम, नेत्रहीन संघद्वारा अगाडि बढाइएका विभिन्न अभियानहरुमा नेतृत्वदायी भूमिकामा क्रियाशील छन्। शर्मा हाल अपाङ्ग महासंघ गण्डकी प्रदेशको अध्यक्ष र नेपाल नेत्रहीन संघको उपाध्यक्ष छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.