भारतीय दूतावासको भरमा त्रिविको हिन्दी केन्द्रीय विभाग !

भारतीय दूतावासको भरमा त्रिविको हिन्दी केन्द्रीय विभाग !

काठमाडौँ: गत सोमबार किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको हिन्दी केन्द्रीय विभागमा पुग्दा सुनसान देखिन्थ्यो । न प्राध्यापकहरु थिए न त कर्मचारी नै ।

विभागमा पुग्दा विभागीय प्रमुख सञ्जिता बर्मा आफैँ कार्यकक्षको चाबी खोलेर भित्र छिर्दै थिइन् । अनौठो त के भने पुरानोमध्येको एक विभागबारे धेरैलाई थाहै छैन । 'कतिपयले त त्रिविमा हिन्दी विभाग पनि छ र भनेर सोध्छन्,' विभागीय प्रमुख शर्माको अनुभव छ ।

त्रिविको सबैभन्दा पुरानो विभागमध्ये एक हो हिन्दी केन्द्रीय विभाग । २०१६ मा त्रिविविको स्थापनासँगै यो विभाग पनि सुरु भएको थियो । भारत र नेपालबीचको सम्बन्ध प्रगाढ रहेका कारण पनि यो विभाग सुरुदेखि नै सञ्चालनमा रहेको बताउँछिन् विभागीय प्रमुख शर्मा । विभागमा विद्यार्थीहरुको आकर्षण भने नगन्य छ । विभाग नै सुनसान देखिन्छ ।

हिन्दी विभागमा हरेक वर्ष ४ देखि ८ जनासम्म भर्ना हुन्छन् । विभागका अनुसार आजसम्म विभाग विद्यार्थी नभएर खाली हुनु परेको भने छैन । तर, एउटा अहम् प्रश्न भने विभागमा ठोक्किरहन्छ, हिन्दी विभागलाई सरकारले सहयोग नगर्दा विभाग नै संकटमा पर्ने त होइन ?

विभागीय प्रमुख बर्माले भनिन्, ‘नेपालका कतिपय स्थानमा हिन्दी भाषा पनि मातृ भाषाको रुपमा बोलिन्छ । पुराना अभिलेखहरुमा पनि हिन्दीको प्रयोग भेटिन्छ। हिन्दीलाई भारतको भाषा भन्ने रुपमा मात्रै बुझ्ने चलन छ । तर हिन्दी नेपालको पनि भाषा हो । यसबारे आम मानिसको सोच परिवर्तन गर्नु आवश्यक छ ।’ हिन्दी भन्ने बित्तिकै विदेशी भाषा भनेर अपहेलित गरिने हिन्दी विभागमा अध्यापनरत शिक्षकहरुको गुनासो छ ।

यसवाहेक विभागमा तलब बाहेक अन्य बजेट निकासा नहुने शिक्षकहरु बताउँछन् । विश्वविद्यालयले पर्याप्त बजेट नछुट्याउँदा अफ्ठेरोमा परेको उनीहरुको गुनासो छ । हाल विभागमा तीन प्राध्यापक सहित चार जना अध्यापनरत छन् ।

नेपाली र हिन्दी भाषा समपुरक रहेपनि यसको सन्दर्भमा पर्याप्त प्रचार हुन सकेको छैन । हिन्दि अध्ययन गरेका विद्यार्थीहरुलाई रोजगारीको सुनिश्चितताका लागि सरकारले कुनै योजना नबनाएको गुनासो गरीन् । 

किन कम हुन्छन् हिन्दी विभागमा विद्यार्थी ?

हिन्दी विभागमा ०७४/०७५ मा सातजना र ०७५/०७६ मा पनि सातजना विद्यार्थी भर्ना भएका थिए । विभागीय प्रमुख शर्माका अनुसार कति विद्यार्थीलाई त केन्द्रीय विभागमा पढाइ हुन्छ भन्ने पनि थाह छैन । त्यसो त, प्रचार प्रसारका लागि पनि सरकारबाट बजेट आउँदैन । 'गनेर तलवका लागि मात्रै बजेट आउँछ । हिन्दी विभागलाई दूतावास बाहेक कसैले सहयोग गरेको पनि छैन,' प्रमुख शर्माले भनिन्, ‘किताव समेत किनेर नेपालको सिमानाबाट आफैँ ल्याउनुपर्छ । कतैबाट सहयोग नआउँदा अप्ठ्यारो छ।’

विभागका अनुसार यहाँ कतिपय विद्यार्थीहरु भारत र अन्य देशबाट समेत पढ्न आउने गरेका छन् । नेपाली विद्यार्थीहरुमा भने यो विषयप्रति चासो नै नदेखिने विभागका प्राध्यापकहरु बताउँछन् ।

स्नातकोत्तर तहमा हिन्दी विभागमा पढ्दा अंग्रेजी विषय दिनुपर्ने बाध्यकारी व्यवस्था भएकाले पनि विद्यार्थी आउने क्रम बढ्न नसकेको प्राध्यापकहरुको तर्क छ । भारतमा भने स्नातक तहमा अंग्रेजी विषय ऐच्छिक छ । तर, नेपालमा स्नातकोत्तर तहमा हिन्दी विषयमा भर्ना गर्न स्नातक तहमा अंग्रेजी विषय उत्तिर्ण गर्नुपर्ने व्यवस्था छ ।

विभागीय प्रमुख शर्माका अनुसार हिन्दी अध्ययन गर्नेलाई अंग्रेजी अनिवार्य पढ्नुपर्ने बाध्यकारी प्रणाली हटाउन विश्वविद्यालयसँग कुरा गरिए पनि सुनुवाइ भएन । जसले गर्दा विद्यार्थीहरु भर्ना हुन आनाकानी गर्छन् । विभागका प्राध्यापकहरु भने हिन्दी भाषा नेपालमा धेरै प्रयोग नहुने भएकाले पनि विद्यार्थी संख्या नबढेको तर्क गर्छन् । विभागीय प्रमुख शर्मा भने हिन्दी भाषा र नेपाली भाषाबीच अन्तरक्रिया आवश्यक रहेको बताउँछिन् । साथै भाषागत एकता र शुद्धताका लागि अन्तरक्रिया जरुरी रहेको उनको सुझाव छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.