चन्द्रागिरिमा जीपलाइन सञ्चालन

चन्द्रागिरिमा जीपलाइन सञ्चालन

काठमाडौं : काठमाडौंको चन्द्रागिरिमा यही भदौ १९ (भोलि)देखि जीपलाइन सञ्चालनमा ल्याइने भएको छ। चन्द्रागिरि हिल्स लिमिटेडको लगानीमा स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरेर नेपालकै सबैभन्दा उच्च स्थानमा जीपलाइन सञ्चालनमा ल्याउन लागेको हो। 

चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेक बिक्रम शाहले भालेश्वर मन्दिर नजिकदेखि खेल मैदानसम्म १०० मीटर जीपलाइन सञ्चालनमा ल्याउन लागेको जानकारी दिए। 

विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि झण्डै पाँच महिनादेखि बन्द रहेको चन्द्रागिरि सरकारले निशेषधाज्ञा पूर्णरूपमा हटाएसँगै खुला गरिएको हो। 

निशेषधाज्ञा हटेसँगै चन्द्रागिरि केवलकारसमेत पूर्णरूपमा सञ्चालन आउने भएको छ। यसअघि रिसोर्ट जाने पाहुनालाई मात्र केवलकारको सेवा प्रदान गर्दै आएको चन्द्रागिरि हिल्स लिमिटेडले शनिबारदेखि स्वदेशी तथा विदेशी पर्यटकसमेतलाई केवलकारले सेवा प्रदान गर्ने महाप्रबन्धक शाहले बताए। 

'कोरोना महामारीका कारण बन्द रहेको केवलकार भोलिदेखि पूर्णरूपमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालनमा ल्याउन लागेका छौँ', उनले भने। केवलकारमा यात्रा गर्ने यात्रु तथा पर्यटकलाई स्वास्थ्य सुरक्षाका नियम अनिवार्य पालना गर्न अनुरोध समेत गरेको छ। 

ऐतिहासिक र धार्मिक महत्व बोकेको भालेश्वर मन्दिर दर्शन गर्न नेपाल, भारत र विभिन्न देशका पर्यटक चन्द्रागिरि पुग्ने गरेका छन्। पछिल्लो समय चन्द्रागिरि आन्तरिक तथा बाह्य पर्यट्रकका लागि महत्वपूर्ण गन्तव्यस्थल बनिरहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.