पाल्पामा १ सय २५ सदस्यीय नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी गठन
तानसेन : नेपाल कम्युनिष्ट पाटी ( एकिकृत समाजवादी) पाल्पाको खिमानन्द पाण्डे (कमल)को अध्यक्षतामा १ सय २५ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको छ। केन्द्रीय सदस्य एवं संघीय सांसद सोमप्रसाद पाण्डेको प्रमुख सहभागितामा समाजवादीले जिल्ला कमिटी घोषणा गरेको हो।
जिल्ला कमिटीको उपाध्यक्ष प्रदेश सांसद रमा घर्ती, सचिवमा मोहन लाल गैरे, उपसचिवमा कमल सेन चयन भएका छन्। यसैगरी जिल्ला कमिटी सदस्यमा विनोद श्रेष्ठ, फणेश्वर गौतम, कमल वस्ती, बैकुण्ठ खनाल, राजु सेढाई, श्रीधर पराजुली, पिआर श्रेष्ठ, तारा कडेल, धनविर राना, ईश्वरी श्रेष्ठ, दुर्गा अधिकारी, सिता पोखरेल, पर्शुराम पौडेल, गुणबहादुर सिंजाली, टोपबहादुर जर्घा, केयस क्षत्री, नारायणी खनाल, अच्युत पन्त, आशिष श्रेष्ठ, प्रकाश श्रेष्ठ चयन भएका छन्।
यसैगरी भेलाले जिल्ला कमिटीका अन्य सदस्यहरुमा ओम जर्घा, करुणा काफ्ले, मञ्जु अर्याल, भानुभक्त बस्याल, वसन्ती चिदी, पूर्णबहादुर कामु, निमनारायण ढुङ्गाना, पदम गैरे, नैना पाण्डे, खुमबहादुर कुमाल, रनबहादुर कुमाल, कृष्ण बस्याल, मोतिलाल बस्याल, किरण विक, ओपि शर्मा, मदनराज पाण्डे, कोशलराज अघिकारी, दिपेन्द्र बराल, आलोकराज शाक्य, मिनप्रसाद बञ्जाडे, नारायण बस्याल, गणेश विष्ट, जितबहादुर सिलवाल, ध्रुव भण्डारी, रामप्रसाद आचार्य, महेश्वर पन्त, विष्णु न्यौपाने, गोदावरी ज्ञवाली, विष्णुमाया थापा र रामकृष्ण कार्की चयन भएका छन्।
यसैगरी अन्य जिल्ला कमिटी सदस्यमा सन्तोष नेपाल, विएच पाण्डे, रवी खराल, कृष्णचन्द्र रायमाझी, खगराज अर्याल, अरविन्द्र पाण्डे, कृष्ण पाण्डे, गोपाल श्रेष्ठ, हिमाल नेपाल, चुरामणी पोखरेल, धनबहादुर रायमाझी, पूर्ण भण्डारी, शकर घर्ती, सुजन कार्की, संजय घले, पृथ बारघरे, जंगबहादुर थापा, भीमबहादुर बारघरे, रोजी शेर्पा, तुल्सी पोखरेल र सुनिसरा दर्लामी चयन भएका छन्। जिल्ला कमिटी घोषणा सभामा हाल ७५ सदस्यीय रहेकोमा जिल्ला कमिटी बैठकले थप ५० जना जिल्ला कमिटी सदस्य थप गरी १ सय २५ सदस्यीय कमिटी बनाउने नव निर्वाचीत अध्यक्ष खिमानन्द पाण्डेले बताए।
भेलाले लेखनाथ पोखरेलको संयोजकत्वमा ६ सदस्यीय सल्लाहकार समिती गठन गरेको छ। जसको सदस्यमा पदमप्रसाद अर्याल, चन्द्रकान्त पोखरेल, वसन्त श्रेष्ठ, विष्णुप्रसाद खनाल, कर्णबहादुर सुनार र पिताम्वर कँडेल रहेका छन्।
कार्यक्रममा नेकपा एसका केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेले पाटी फुटबाट बचाउन अन्तिम प्रयासमा जुटेको भए पनि केपी ओलीको दम्भ घमण्ड र व्यक्तिवादी सोचका कारण असफल भएको बताए। भदौ ८ गते राती १२ बजेसम्म केपी ओलीसँग बालकोटमा वार्ता गरी तत्काल माधव नेपाल लगायतलाई गरिएको कारवाही फिर्ता भएको भए पाटीमा विद्रोह गर्ने अवस्था आउने थिएन र भदौ ९ गते एकीकृत समाजवादी गठन हुने थिएन, यसको लागि आफूले अन्तिमसम्म प्रयास गरेको सांसद पाण्डेले बताए। एकिकृत समाजवादीलाई देशको ठुलो पाटी बनाएर जाने सांसद पाण्डेले दावी गरे।
प्रतिक्रिया दिनुहोस !