जाजरकोटमा जीप दुर्घटना:दुईको मृत्यु
![जाजरकोटमा जीप दुर्घटना:दुईको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/jeep-accident_20210914112635_3ybPlZYYSB.png)
जाजरकोट : जाजरकोटमा जीप दुघर्टना हुँदा दुई जनाको मृत्यु भएको छ। बारेकोटबाट खलंगातर्फ आउँदै गरेको भे १ ज ९८७ नम्बरको जीप नलगाड ५ को गेरेनी भीरमा दुघर्टना हुँदा दुई जनाको ज्यान गएको हो। दुघर्टनामा परि ५ जना घाइते भएका छन् ।
खारा-गेरेनी सडक खण्डको गेरेनी भन्ने ठाँउमा दुर्घटना हुँदा बारेकोट गाँउपालिका २ कि ३२ वर्षिय शान्ति रोकाय र २५/३० वर्षको देखिने एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ। घाईतेको इलाका स्वास्थ्य कार्यालय दल्लीमा उपचार भैरहेको छ। घाइते पाँच मध्य चार जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी प्रमुख डिएस्पी मधुकुमार थापाले बताए।
स्थानिय बासिन्दा सम्मान रावलका अनुसार नाम नखुलेका पुरुष जुम्ला तिरका रहेकोले उनको नाम ठेगाना खुल्न सकेको छैन। गाडी सडकमै पल्टिएको पल्टिएको उनले बताए।
मृत्यु भएकी महिलालाई जीपको झ्यालको सिसाले टाउको काटेको छ भने नाम नखुलेका पुरुषलाई गाडीले किचेको छ। गाडीको व्रेक फेल हुँदा खाल्डा खुल्डी र भिरालो सडकमा तीन चार पटक गाडी पल्टिएर दुर्घटना भएको प्रहरी प्रमुख थापाको भनाई छ। यो कच्चि सडक गत वर्ष मात्र सञ्चालनमा आएको हो। घटनास्थल सदरमुकाम खलंगा देखि ४५ किलोमिटरको दुरीमा पर्छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)