पाँच-छ महिनाभित्र नेपाल पक्ष माओवादीमा विलय हुन्छ : पौडेल
तानसेन : नेकपा एमालेको उपमहासचिव विष्णु पौडेलले माधव नेपालको समुह पाँच-छ महिनाभित्र नेकपा माओवादी केन्द्रमा विलय हुने बताएका छन्। नेकपा एमाले पाल्पाले तानसेनमा गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपमहासचिव पौडेलले माओवादी प्रचण्डसँग विलय हुनको लागि नेपाल समुहले आधार खोज्न गृहकार्य सुरु गरेको आरोप लगाए।
माओवादी अध्यक्ष प्रचण्डकै निर्देशनमा माधव नेपाल अगल भएकोले माधव नेपाललाई माओवादीमा आफ्नो हैसियत कायम गरी दोस्रो अध्यक्ष बनेर देखाउन चुनौती दिएका छन्।
अहिलेको नेकपा एमाले विरुद्धको पाँच दलीय गठवन्धन अब धेरै दिन नटिक्ने ठोकुवा त्यसका आधारहरु भत्किंदै गएको एमाले उप महासचिव पौडेलले बताए। माधव समुहले पाँच दलीय गठवन्धन मार्फत चुनाव जाने तयारी गरे पनि नेपाली कांग्रेसले माधव नेपालको आगामी निर्वाचनमा सहयोग नगर्ने प्रष्ट रणनिती बनाएको नेता पौडेलले दावी गरे।
माधव नेपाल समुहलाई नेकपा एमालेले राजनितिक शक्तिको रुपमा कदापि स्विकार्न नसकिने बताए। नेपालको कानुन अनुसार कुनै पनि पार्टी र संसदीय दलमा ४० प्रतिशत कायम हुनुपर्ने नियम भए पनि कानुन विपरित २० प्रतिशतको अध्यादेशको भरमा माधव समूहलाई राजनितिक दलको रुपमा स्विकार्य गर्न नसकिने नेता पौडेलले प्रष्ट पारे।
माधव नेपाल समुह प्रधानमन्त्री, सभामुख र विदेशी शक्तिको कृपाबाट प्रचलित कानुन विपरित बनाइदिएको अवैधानिक झुण्ड भएको उपमहासचिव पौडेलले आरोप लगाए।
नेकपा एमालेबाट माधव नेपाल अगल भएकोमा सबैभन्दा बढी खुसी प्रचण्ड लगायत माओवादी नेता र नेपाली कांग्रेसहरु भएको बताउँदै कोही खुसी हुँदैमा एमाले शक्ति कमजोर नभएको एमाले महासचिव पौडेलले बताए। अगुवा कार्यकर्ता भेलालाई एमाले केन्द्रीय सदस्य दलबहादुर राना, ठाकुर गैरे, र दधिराम न्यौपाने, लुम्बिनी प्रदेश कमिटी सदस्य यादवबहादुर रायमाझी, झपेन् बहादुर जिसी, लेखा आयोग सदस्य धनेन्द्रराज घिमिरे, तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाही, जिल्ला समन्वय समितिकी कार्यवाहक प्रमुख मिरा मरासिनी लगायतले सम्बोधन गरेका थिए।
प्रतिक्रिया दिनुहोस !