कम्युनिष्ट आन्दोलन जोगाउन दरबार छोडेर चउरमा आयौं : उपाध्यक्ष पाण्डे

कम्युनिष्ट आन्दोलन जोगाउन दरबार छोडेर चउरमा आयौं : उपाध्यक्ष पाण्डे

तानसेन : नेपाल कम्युनिष्ट पाटी एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले केपी ओलीको कारण नेपालको कम्युनिष्ट आन्दोलन समाप्त हुने अवस्था आएकोले आफूहरु एमालेको दरवार छोडेर चउरमा आएको बताए। पाल्पा तानसेनमा प्रथम पाटी अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले दरवारले च्यापेर हामीलाई नै सिध्याउने अवस्था आएपछि विद्रोह गरेर नेपालको संविधान, लोकतन्त्र रक्षाको लागि चउरमा आउनु परेको बताए। 

अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै पाटी उपाध्यक्ष पाण्डेले २०७२ सालको नयाँ संविधान च्यातिने, लोकतन्त्र ध्वस्त भइ विदेशीको ईशाराम निरकुंश अधिनायकवादी शासनले जडा गाड्ने अवस्थाबाट मुलुकलाई बचाएको दावी गरे। 

एमाले अध्यक्ष ओली विघटित शोभियत संघका महासचिव मिखायल गर्भाचोकले जस्तै कम्युनिष्टको खोल ओढेर नेपालको कम्युनिष्ट आन्दोलनलाई छिया छिया बनाउने काममा लागेकोले आफूहरु बाध्य भएर विद्रोह गर्नुपरेको बताए। एमालेमा  बसेका भिम रावल, घनश्याम भुसाल जस्ता नेताहरुलाई केपी ओलीले जिम्मेवारी विहीन बनाउँदै घर न घाटको अवस्था पुर्याउने दावी गरे।  ढिलोमा एमालेको मंसिरमा हुने महाधिवेशन पछि अधिकाशं एमालेका वरिष्ठ नेताहरु एकीकृत समाजवादीमा आउने उपाध्यक्ष पाण्डेले बताए। 

अहिले ओलीको स्वाभाव पाटीमा एकलौटी गर्ने, आफ्नो भन्दा फरक विचार नसुन्ने, विधान महाधिवेशनको नाटकमा समेत माक्स, लेनिन, पुष्पला, मदन र मनमोहनका फोटाहरु हटाएर सामन्ती राजा महाराजा जस्तै आफ्नै फोटो काठमाडौंका गल्ली गल्ली, पोल पोलमा झुण्डाएर मभन्दा ठूलो कोही छैन भन्ने अहमता अझै रहेको पाण्डेले बताए। 'अहिले पानीका बोतलमा ओलीका तस्बिर छन् भोलि रक्सी बियरका बोतलमा समेत तस्विर आउने छ।', पाण्डेले भने। आगामी निर्वाचनमा एकीकृत समाजवादीले समानुपातिकमा २१ र प्रत्यक्ष निर्वाचनमा २१ गरी कम्तीमा ४२ सिट जित्ने दावी गरे। निर्वाचनमा माओवादी केन्द्र, जनतासमाजवादी, नेकपा मोहन बैध, नेत्रविक्रम चन्द माओवादी र जनमोर्चाबिच चुनावी तालमेल हुने निश्चित रहेको उपाध्यक्ष पाण्डेले अगुवा कार्यकर्तालाई जानकारी गराए। 

अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पाटीका केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेले केपी ओलीको गलत चिन्तन, निरकुंश शासन शैलीको कारण विद्रोह गरी नयाँ पाटी गठन गरेको बताए। 'केपी ओलीले दुई दुई पटक संविधान च्याते, दुई तिहाईको नजिक पुगेको सरकार ढलाए, एकीकृत भएको कम्युनिष्ट पाटी फुटाए, आफ्नै पाटी फुटाए, राष्ट्रिय मुद्दाका १३ विषयबस्तुमा केपी ओली पराजित भएका छन्', उनले आरोप लगाए। आगामी निर्वाचनमा केपी ओलीको नेतृत्व रहेसम्म एमाले पतन हुँदै २०१७ सालको केशरजंग रायमाझीको जस्तै विघटनको अवस्थामा पुग्ने निश्चित रहेको पाण्डेले बताए।     


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.