लुम्बिनी प्रदेशमा मन्त्रीको शपथ रोकियो

लुम्बिनी प्रदेशमा मन्त्रीको शपथ रोकियो

बुटवल : लुम्बिनी प्रदेशमा मन्त्रीको शपथ रोकिएको छ । शुक्रबार चार बजे सरकार विस्तार गर्ने तयारी भइरहँदा गठबन्धनका दलमा मन्त्री बन्ने व्यक्तिको नाम टुंगो नलागेपछि रोकिएको हो । मन्त्री बन्ने टुंगो लागेका सांसदहरुलाई मुख्यमन्त्री कार्यालयले शपथका लागि निम्ता समेत दिएको थियो । कांग्रेसभित्र कुरा नमिलेपछि शपथ दुई दिनपछि हुने बताइएको छ ।

सरकारका प्रवक्ता कृष्णध्वज खड्काले छलफल नटु्गिएकाले शपथ रोकिएको बताए । उनले केही दिनभित्रै मन्त्रिपरिषद् विस्तार हुने बताए । सरकारमा जानका लागि माओवादीले मन्त्री टुंग्याएको छ । कांग्रेसका केही मन्त्रीको समेत नामको टुंगो लागेको छ। एक मन्त्री र एक राज्यमन्त्रीमा कुरा मिलेको छैन । सरकारमा माओवादीबाट दाङका इन्द्रजित थारु र बर्दियाका तिलकराम शर्मा मन्त्री टुंगो लागेको छ । नेकपा (एकीकृत समाजवादी) बाट रमा घर्ती मन्त्री बन्ने छिन् । उनले स्वास्थ्य मन्त्रालयमा पाउने चर्चा छ ।

माओवादीले दाङकी बिमला खत्री वलीलाई राज्यमन्त्री बनाउने भएको छ । उनलाई एमालेले आफ्नो सांसद दावि गर्दै कारबाहीको आग्रह गरेको छ । पछिल्लो समय उनले माओवादी केन्द्र रोजेकी छन् । कांग्रेसले चारमन्त्री र एक राज्यमन्त्री पाउने टुंगो लागेको छ । कांग्रेसले यसअघि नै पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्रीमा दाङका डिल्लीबहादुर चौधरीलाई पठाएको छ ।

वन, वातावरण तथा भूसंरक्षण मन्त्रीमा बर्दियाका सुरेन्द्र हमाल र शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रीमा रूपन्देहीका बसिउद्धिन खाँलाई पठाउने निर्णय भएको  कांग्रेसका प्रमुख सचेतक फखरुद्दिन खानले बताए । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीमा रूपन्देहीका अष्ठभुजा पाठक र पाल्पाका वीरबहादुर रानामध्ये कसलाई पठाउने भन्नेबारे टुंगो लाग्न बाँकी छ । यस्तै कांग्रेस भागमा परेको राज्यमन्त्रीको नाम पनि टुंगो लागेको छैन ।

प्रदेशमा टुंगो लगाउन नसकेपछि कांग्रेस केन्द्रले नै मन्त्रीको टुंगो लगाएको हो । लुम्बिनीमा मुख्यमन्त्री कुलप्रसाद केसीले शपथ लिएको असोज २८ गते दुई महिना पुग्दैछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.