पहिरोले बाटो बगाएपछि जोखिमपूर्ण यात्रा

पहिरोले बाटो बगाएपछि जोखिमपूर्ण यात्रा

गोरखा : गोरखामा पहिरोले बाटो बगाएपछि स्थानीयबासीले आवतजावतमा सास्ती खेपिरहेका छन्। ठाउँ ठाउँमा बाटो पहिरिएर बूढीगण्डकीमा झरेपछि स्थानीयबासी जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। मनसुन सकिएपछि केही दिन अघिको लगातारको वर्षाले सिर्दिबासको चिसापानी र गम्पुलबीचमा पहिरो झरेको छ। पहिरोका कारण केही दिनदेखि आवतजावत अवरुद्ध भएको सिर्दिबास प्रहरी चौकीले जनाएको छ।

गत भदौ २ गते चुम्चेतको ङुयुखोलामा झरेको पहिरो र क्याण्टिलिभर पुलमा क्षति पुग्दा चुम उपत्यका जाने बाटो अहिलेसम्म अवरुद्ध छ। सो ठाउँमा बाटो अवरुद्ध हुँदा लामो समयदेखि स्थानीयबासीका लागि खाद्यान्न ढुवानी गर्न नसकिएको चुमनुब्री गाउँपालिका ७ का वडाअध्यक्ष पासाङफुञ्जो लामाको भनाइ छ।

धार्चे र चुमनुब्रीको सीमाना यारुभन्दा केही तलको बाटोमा झरेको पहिरोका कारण स्थानीयबासी र पर्यटक जोखिम मोलेर हिड्न बाध्य छन्। चुमनुब्री ४ लोङ्गाछ्योतमा ठूलो पहिरो झरेको छ। सो पहिरो पार गर्न पनि ज्यान जोखिममा राखेर हिँड्नुपर्ने वडाअध्यक्ष पेमाडुण्डुप लामा बताउँछन्। ‘दुर्गमका बासिन्दाले अरु विकासको स्वाद त चाख्न पाएनन्, हिड्ने बाटोसमेत पाएका छैनन्’, चुमनुब्री ४ का वडाअध्यक्ष पेमाडुण्डुप लामाले भने, ‘सयौँ वर्षअघि बाजेको पालादेखि भोग्दै आएको समस्या अहिलेसम्म पनि ज्यूँका त्यूँ छ। कति व्यवस्था फेरियो, कति सरकार फेरियो गनिसाध्यै छैन तर हाम्रो समस्या उस्ताको उस्तै छ। हाम्रो पनि सरकार छ भनेर अनुभूति गर्न पाइएको छैन।’ पहिरो हटाएर सुरक्षित आवतजावत गर्ने वातावरण बनाइदिन सांसद, नेता, मन्त्रीहरुलाई अनुरोध गरिएको तर सबैले नजरअन्दाज उनले बताए। 

पहिरो हटाएर बाटो सुचारु गर्न धेरै नेता, मन्त्री, सांसदहरुलाई हार गुहार गरेको तर अहिलेसम्म समस्या उस्तै रहेको वडा नं. ७ का वडाअध्यक्ष लामाको गुनासो छ। ‘जिल्लाको सिडियोसापलाई पनि बारम्बार यस विषयमा ज्ञापनपत्र बुझाइएको छ। म आफैँले र हाम्रो क्षेत्रका अगुवाहरुले गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, उर्जामन्त्रीलाई पटक पटक ज्ञापन पत्र, ध्यानाकर्षण पत्र बुझाएका छु’, लामाले भने, ‘तर सबैले हुन्छ, हामी पहल गर्छौँ मात्र भन्छन्, समाधान गर्दैनन्।’ बाटोमा मान्छे, बस्तुभाउ हिड्न र खाद्यान्न ढुवानी गर्न नपाउँदा स्थानीयबासीले धेरै समस्या ब्यहोर्नु परेको स्थानीयबासीको गुनासो छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.