कम्युनिष्ट पार्टी फुटाउन देशी-विदेशी शक्ति लागे : सांसद तुलाचन

कम्युनिष्ट पार्टी फुटाउन देशी-विदेशी शक्ति लागे : सांसद तुलाचन

जोमसोम : नेपालमा कम्युनिष्ट पार्टी फुटाउन देशी-विदेशी शक्ति लागि परेको मुस्ताङका संघीय सांसद प्रेमप्रसाद तुलाचनले बताएका छन्। नेकपा एमाले मुस्ताङको वडा तथा पालिका स्तरीय अधिवेशनको क्रममा उपल्लो मुस्ताङमा आयोजित कार्यक्रममा बोल्दै संघीय सांसद तुलाचनले कम्युनिष्ट शक्तिलाई कमजोर तुल्याउन विगतमा एमालेका शिर्ष नेताको रुपमा रहेका माधव कुमार नेपालसहित केही सांसद लागिपर्दा विद्यमान अवस्था सृजना भएको उल्लेख गरे।

२०७४ सालमा एमाले र माओवादी पार्टी मिलेर वृहत कम्युनिष्ट पार्टी स्थापना भएको स्मरण गर्दै सांसद तुलाचनले पार्टी भित्रका केही शिर्ष नेताको बढ्दो महत्वकांक्षाका कारण पार्टीमा विभाजन चलखेल सुरु भएको बताए। एमालेको नेतृत्वमा ओली सरकारको बहुमतको सरकार हुँदा क.प्रचण्ड र माधव नेपालले राजदुत नियुक्ति र संवैधानिक निकायको गठन प्रक्रिया लगायतका बिषममा ईस्यु बनाएर ओली सरकारलाई घेराबन्दी गर्ने काम भएको स्पष्ट पारे। 

सांसद तुलाचनले पार्टीमा अस्थिरता सृजना भएपछि संसद विघटन गर्नु परेको र सो कदम उपयुक्त भएको जनाए। सर्वोच्च अदालतले माओवादी र एमालेको कित्ता क्लियर गरिदिएको उल्लेख गर्दै सांसद तुलाचनले एमालेमै रहेर संघर्ष गर्न नसकी एमालेलाई कमजोर बनाउने खेलमा माधव नेपालले लागि परेको बताए। उनले माधव नेपालको पार्टी धेरै समय टिक्न नसक्ने ठोकुवा गरे।

माधव नेपालकै कारण पार्टीमा विभाजन आएको र सो पार्टीमा आउन विभिन्न अफर र प्रलोभन दिने गरेको उनको भनाई छ। 'मलाई आउनुस ८/१० महिना मन्त्री खानुस,यही पार्टीबाट मुस्ताङबाट चुनाव लड्नु भनियो,' संघीय सांसद तुलाचनले भने,‘हामी हिमाली क्षेत्रको मान्छे,बुद्ध धर्ममा आस्था राख्ने मान्छे, छलकपट र जालझेल गर्न नैतिकता दिएन।’ उनले पार्टीलाई अन्तरघात र जनताले दिएको मतको अपमान गर्नु हुँदैन भनेर नै एमालेको मुलधारमा रहेको बताए। हिमाली क्षेत्रका अधिकाश कमरेडहरु एमालेको मुलधारमा रहेको उनले उल्लेख गरे।

सांसद तुलाचनले भुगोल र जनसंख्या फरक भएपनि राष्ट्र र राष्ट्रियता समान हुने उल्लेख गर्दे भारतीय नाकाबन्दीका क्रममा पार्टी अध्यक्ष ओलीले लिएको राष्ट्रिय अडान महत्वपूर्ण भएको टिप्पणी गरे। भारतीय नाकाबन्दीपछि ओलीकै कारण उत्तरी चिन जोड्ने बृहत बेनी-जोमसोम-कोरला सडक आयोजना सुरु भएको दावी गरे। दक्षिणको भर नपरी उत्तरका नाका पनि खुलाउन पर्छ भन्ने मान्यतासहित तत्कालीन विकास समितिले पेश गरेको प्रतिवेदनका आधारमा ओली सरकारकै पालाका कोरला सडकलाई ६ अर्बभन्दा बढी बजेट बिनियोजन भएको सांसद तुलाचनको भनाई छ। 

सांसद तुलाचनले मुस्ताङमा २०४८ सालदेखि २०७८ सालसम्म कस-कसको पालामा के-के प्रगती भयो यसको मूल्यांकन जनताले गर्नुपर्ने बेला आएको बताए। उनले आफू निर्वाचित भएपछि मुस्ताङमा दर्जनौं विकास आयोजना सुरु भएको दावी गरे। ‘म २०७४ अघि कांग्रेसमा रहेको थिए,कांग्रेसमा एकाधिकार, परिवारवाद र सामन्तवादी सोच हावी भयो, सांसद तुलाचनले भने,‘कांग्रेसमा देखिएको नातावाद र कृपावादका कारण हावी भएकै कारण आफूहरु त्यस समयमा एमालेमा प्रवेश गरेको र एमालेमा गरिएको प्रवेश सही निर्णय र उपयुक्त थियो।’ सांसद तुलाचनले मुलुकमा समृद्धि र विकास ल्याउन एमाले बाहेक कसैले नसक्ने दावी गरे।

नेकपा एमाले मुस्ताङको वडास्तरीय अधिवेशनले तिव्रता पाएको पाएको छ। शनिबार उपल्लो मुस्ताङको लोमान्थाङमा भएको पालिका तथा वडास्तरीय अधिवेशनले एमाले लोमान्थाङको अध्यक्षमा निमा डिण्डु गुरुङ (मोटे) लाई सर्वसम्मत चयन गरेको छ। यस्तै,वडा १ मा लाक्पा टसी, वडा २ मा कर्मा नाम्ग्याल गुरुङ,वडा ३ मा टासी नर्बु,वडा ४ मा आङ्गेल गुरुङ र छिमी घोम्पो चयन भएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.