पहिरोले पोखरा दम्सादीको बस्ती र पुल जोखिममा

पहिरोले पोखरा दम्सादीको बस्ती र पुल जोखिममा

पोखरा : बस्ती र पुलमुनि पहिरो जाने क्रम नरोकिएपछि पोखरा महानगरपालिका २१ दम्सादीको बस्ती र झोलुङ्गेपुल जोखिममा परेको छ। यस वर्ष असारको दोस्रो हप्तादेखि दम्सादीको बस्ती र झोलुङ्गेपुल नै जोखिममा पर्ने गरी पुलमुनि पहिरो जान थालेपछि स्थानीयमा त्रास छाएको छ। 

दसैं लगतै सोमबारदेखि कात्तिकमा पनि ठूलो वर्षा हुन थालेपछि पहिरोले बस्ती नै फुस्रे खोलामा पुर्‍याउने हो कि भन्ने त्रासमा रहेको स्थनीयले बताए। ६० घर रहेको दम्सादीमा यति बेला पहिरोले दुईवटा  रेष्टुरेण्ट सहित २० घर र झोलुङ्गेपुल नै जोखिममा परेको दम्सादी टोल विकास संस्थाका उपाध्यक्ष तोयनाथ आचार्यले बताए। बस्ती र पुलमुनि पहिरो गएपछि स्थानीयमा त्रास छाएको हो। 

फुस्रेखोलाको किनार दम्सादीको बस्तीमुनिको जमिन कमेरो र गेगरयुक्त रहेकोले पानी नपर्दा पनि भक्क-भक्क जमिन खस्ने गरेको आचार्य बताउँछन्। पानी पर्दा बस्ती नै फुस्रे खोलामा खस्छ कि भन्ने त्रासले पहिरो नजिकको स्थानीय घर छाडेर अन्यत्र बस्ने गरेको स्थानीय युवराज आचार्यले सुनाए। पोखरामा आइतबार बिहान ८:४५ बजे अघिको २४ घण्टामा ३४.४ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको  छ।

दम्सादीको बस्ती नजिकै तीनतिरबाट पहिरो गएको छ। दम्सादीको बस्तीदेखि उत्तरपश्चिम फेवा पावर हाउस नजिकै भएर पोखरा १७ जोड्ने झोलुङ्गेपुल पनि दसैं अघिको सुख्खा पहिरोले भत्केको छ। यो पहिरोले पनि बस्ती जोखिममा परेको स्थानीय नवराज आचार्यले बताए। दाम्सादीको बस्तीको दक्षिण पूर्वतर्फ पनि पहिरो गएको छ।  पुरानो झोलुङ्गेपुल भत्कनु र नयाँ झोलुङ्गेपुल पनि भत्कने अवस्थामा पुग्दा महानगरको नजिकको बस्ती कर्णाली जस्तो दुर्गम हुने अवस्थामा पुगेकोले बस्ती र पुल संरक्षणका लागि तीनै तहका सरकार लाग्नु पर्ने उनले बताए। 

दम्सादीमा पहिरो जान थालेपछि पोखरा महानगरपालिकाले त्यस क्षेत्रको भौर्गभिक अध्ययन र जमिनमुनिको माटोको अवस्थाको बारेमा अध्ययन गर्न भूर्गवविद्धको टोली नै खटाएको थियो। दम्सादीको बस्तीमा साना-साना भ्वाङ रहेको र वर्षाको पानी पर्दा त्यही भ्वाङ भएर पानी बस्ती हुँदै फुस्रे खोलातर्फ खस्दा जमिन भित्रको कमेरो माटो पनि घुलेर पानीसँगै बाहिर निस्कन्छ। त्यही भएर बस्तीको डिलमा पहिरो गएको अध्ययन टोलीका सदस्य सुवास आचार्यले बताए। बस्ती र पुल पहिरोबाट जोगाउन पानीको उचित निकास, नियन्त्रण र पहिरो गएको क्षेत्रको डिल संरक्षणको काम गर्नु पर्ने अध्ययन टोलीको सुझाव छ। 

बस्ती जोखिममा पर्ने गरी दम्सादीमा पहिरो गएपछि बस्ती र पुल संरक्षणका लागि तत्कालल वडाले ४ लाख रुपौयाँ छुट्याएको पोखरा महानगरपालिका वडा नम्बर २१ का वडा अध्यक्ष खगराज आचार्यले बताए। बस्ती अनुगमन गर्न गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बराल पनि पुगेका थिए। पहिरो नियन्त्रण गरी बस्ती र झोलुङ्गेपुल जोगाउन प्रदेश सरकारले तत्कालका लागि ४८ लाख रुपौयाँ बजेट छुट्याएको अर्थमन्त्री बरालले बताए। 

कात्तिक महिनामा पनि पानी नरोकिएपछि स्थानीयमा त्रास छाएको छ। पानी रोकिएला र शान्तिको शास फेर्न पाइएला भन्ने अवस्था सृजना भएको स्थानीय मीना आचार्यले बताइन्। पुलमुनि पहिरो गएपछि पहिले पुल जोगाउनु पर्छ भन्ने थियो अहिले तीनतिर गएको पहिरोले बस्ती कसरी जोगाउने भन्ने चिन्तामा रहेको स्थानीय युवराज आचार्यले सुनाए। प्रदेश सरकार र नगरपालिकाले छुट्याएको बजेट एउटा पहिरो नियन्त्रण गर्न पनि अपुग हुने प्राविधिकले बताएको उनले सुनाए। तीनतिरबाट गएको पहिरोबाट बस्ती जोगाउन प्रदेश, स्थानीय र संघ सरकारले एक एक वटा पहिरो गएको क्षेत्र संरक्षणका लागि आवश्यक बजेट उपलब्ध गराउन स्थानीयको माग छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.