अस्पातलको भवन हस्तान्तरण

अस्पातलको भवन हस्तान्तरण

मुगु : चुहिने भवनमा १५ शैयाको अस्पातल सञ्चालन गर्दै आएको जिल्ला अस्पातलले नयाँ आधुनिक भवन हस्तान्तरण भएको छ। कोईकाको आर्थिक सहयोगमा निर्माण भएको आधुनिक भवन जिल्ला अस्पातल मुगुलाई एक समारोहका बिच कोरियन राजदुत पार्कचोङ्गकोे उपस्थितमा भवन उद्घाटन तथा हस्तानतरण गरिएको हो।

कोईकाको आर्थिक सहयोगमा भवन निमार्णको जिम्मा पाएको लुम्बिनी बिल्र्डस प्रालीले ३० महिनामा कुल लागत २५ करोड ७५ लाखमा निमार्ण सम्पन्न भएको उक्त आधुनिक भवन निमार्णपछि जिल्ला अस्पताल मुगुलाई हस्तानतरण गरिको हो। हाल उक्त भवनमा १५ शैयाबाट सेवा सञ्चालन हुने भएपनि ५० देखि ८० शैयाबाट सेवा सञ्चालन गरिने हस्नातरण कार्यक्रममा स्वास्थ्य सेवा कार्यालयका व्यवस्थापक ज्ञानसिंह बुढाले जानकारी दिएका हुन्। कोईकाको आर्थिक सहयोगमा अस्पतालमा चाहिने उपकरण लगाएत फर्निचरमा ९ करोड भन्दा बढी लगानी गरेको छ।

भवन हस्तान्तरण कार्यक्रममा सहभागी भएका कोईकाका नेपालस्थित कन्ट्रि डाईरेक्टर सोहोन कोले १० बर्ष अगाढी मुगुमा कोईकाले आर्थिक समुदाय स्तरमा आयार्जनका कार्यक्रमबाट शुरुवात गरी कोरीयन चिकित्सक सहितको टोलीले सदरमुकाममा स्वास्थ्य शिबिर सञ्चालन गरेका बेला रुखबाट लेडेर उपचार गर्न आएका बालकको मृत्यु भएपछी स्तब्द भएका र जिल्ला अस्पतालको भवनहरु पनी जिर्ण अबस्था भएपछी मुगुका आधुनिक सुबिधा सम्पन्न अस्पातल निमार्ण गरिएको हो। कोईकाले भवन निमार्ण सम्पन्न गरी हस्तान्तरण गरी सकेपछी अब यो भवनबाट गुण स्तरिय सेवा र भवनको संरक्षण नेपाल सरकार ,प्रदेश सरकार लगाएत अन्य सरोकारवाल निकायले गर्नु पर्ने कन्ट्रि डाईरेक्टर कोले बताएका थिए।

हस्तानतरण कार्यक्रमा स्वास्थ्यका कारणले  कार्यक्रममा सहभागि हुन नसकी भर्चवलबाट कार्यक्रममा बोलेका कर्णाली प्रदेश सामजिक विकास मन्त्री यज्ञबहादुर बुढा क्षेत्रिले नवनिर्मित भवनबाट गुणस्तरिय सेवा दिनकालागी थप सहयोगका दक्षिण कोरिया सरकार कोईकालाई आग्रह गरेका थिए। मन्त्री क्षेत्रिले सामजिक बिकास मन्त्रालयबाट अस्पातल थप स्तरउन्नति र गुणस्तिरिय सेवा प्रबाह गर्न मन्त्रालय तत्पर रहने बताए।

भवन आधुनिका जनशक्ति अभाव

जिल्ला अस्पातलले नया सुविधा सम्पन्न भवन पाएको भएपनी उक्त भवनबाट हुने सेवा प्रवाह जनशक्ति अभावले गर्दा सेवाग्राहीहरु मर्कामा पर्ने देखिएका छन्। जिल्ला अस्पातल सञ्चालनका लगी २८ जना जनशक्ति हुनुपर्नेमा हाल यसको आधा संख्या पनी दरबन्दी जिल्ला अस्पातलमा छैन। हाल जिल्ला अस्पातलमा विशेषज्ञ डाक्टरको दरबन्दी भएपनी विशेष डाक्टरको व्यवस्था कर्णाली प्रदेश सामिजक मन्त्रालयले गर्न सकेको छैन केही समय अगाढी १ जना विशेषज्ञसहित अन्य नौ जना डाक्टरहरु रहेका थिए हाल ५ जना मात्र डाक्टरहरु कार्यरत छन्।

कर्णाली प्रदेश  साजिक मन्त्रालयलाई कार्यक्रमले जिल्ला अस्पातलको दरबन्दी अनुसारको स्थाई जनशक्तिको व्यवस्था गरिदिएपछी मात्र सर्बसाधरणले गुणस्तरिय स्वास्थ्य सेवा पाउने जिल्ला अस्पातलका पुर्व व्यवस्थापन समितिका अध्यक्ष डिलबहादुर मल्लले बताएका थिए। सोही कार्यक्रममा काईकाले भवन निमार्ण गरेर जिल्ला अस्पातललाई हस्तान्तरण गरिसकेपछी यो भवनबाट सेवा सांचलकालागी प्रदेश सरकारको जिम्मा हुनु पर्ने नेपाली काँग्रेसका सभापति ऐनबहादुर शाहीले बताए।

यो अस्पातलबाट मुगु लगाएत हुम्लाका सर्वसाधारण सेवा लिने गरेका भएपनि आवश्यक जनशक्ति अभावका कारण सर्वसाधारणले शास्ति भोग्दै आएका छन्। अब कर्णाली प्रदेश सामजिक मन्त्रालयले १५ शैयाबाट ५० देखि ८० शैयामा रुपान्तरण गर्दै आवश्यक जन शक्तिको ब्यवस्था गरिने सामजिक मन्त्रालयका स्वास्थ्य महाँसाखा प्रमुख बिर्षबहादुर शाहीले बताए।

हस्तान्तरण कार्यक्रममा पुगेका नेपालस्थित दक्षिण कोरियाका राजदुत पार्क चोङ्ग सुकले भवन निमार्ण भई हस्तान्तरण पश्चात यसको व्यवस्थापनको जिम्मा नेपाल सरकार लगाएत प्रदेश र स्थानीय सरकारको जिम्मा भएकाले सबैले आ आफनो स्थानबाट सहयोग गर्नु पर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.