स्याङ्जा एमाले: १० पालिकामा सहमतिमै नेतृत्व चयन

स्याङ्जा एमाले: १० पालिकामा सहमतिमै नेतृत्व चयन

स्याङ्जा : नेकपा एमाले स्याङ्जाले मंगलबारदेखि सुरु पालिका अधिवेशनको नेतृत्व चयन १० वटाको टुंगो लगाएको छ । तर, एउटा पालिकामा भने शुक्रबार नेतृत्व चयन गर्नेगरी स्थगित भएको छ।

५ नगरपालिका र ६ गाउँपालिका रहेको स्याङ्जामा पुतलीबजार र वालिङ् नगरपालिकाबाहेक सबै पालिकामा मंगलबार अबेरसम्म टुंगिएको हो। पुतलीबजारको पनि बुधबार साँझ टुंग्याइएको छ। तर, वालिङ्मा सहमति जुट्न नसकेपछि शुक्रबारसम्मका लागि स्थगित भएको बताइएको छ।  

आँधीखोला,अर्जुनचौपारी, भीरकोट, फेदिखोला, कालीगण्डकी, हरिनास, चापाकोट, बिरुवा, गल्याङ्, पुतलीबजार नगरपालिकाले टुंग्याएको छ भने वालिङ् नगरपालिकामा शुक्रबारसम्मका लागि स्थगित भएको हो। 

नेकपा एमाले जिल्ला अध्यक्ष सूर्यप्रसाद गैह्रे पारसका अनुसार सहमतिका आधारमा आँधीखोला गाउँपालिकामा सिंहबहादुर क्षेत्रीको अध्यक्षतामा कमिटी चयन भएको छ। कमिटीको उपाध्यक्षमा लोकप्रसाद ढकाल, सचिवमा शिवप्रसाद पौडेल, उपसचिवमा भक्तबहादुर केसी र सीता नेपाली रहेका छन्।

अर्जुनचौपारी गाउँपालिकाको अध्यक्षमा मोहनबहादुर अधिकारी, उपाध्यक्षमा चक्रबहादुर गुरुङ, सचीवमा टिकाराम खनाल, उपसचिवमा नारायण ढकाललाई चयन गरिएको हो। हरिनास गाउँपालिकाको अध्यक्षमा खिमनारायण मानन्धर, उपाध्यक्षमा ओमप्रसाद सिग्देल, सचिवमा ईन्द्र रुचाल, उपसचिवमा पर्शुराम लम्साल र चिन्तामणी शर्मा छन्।

बिरुवा गाँउपालिकाको अध्यक्षमा प्रकाश थापा मगर, उपाध्यक्षमा कल्याण कुमार पोख्रेल, सचिवमा गोपाल कोइराला, उपसचिवमा नबिन आले र सितलजङ केसी चयन भएका हुन्। फेदिखोला गाउँपालिकामा घनश्याम सुवेदीको अध्यक्ष रहनेगरी उपाध्यक्षमा दुर्गादत्त शर्मा, सचीवमा हर्कबहादुर कार्की, उपसचिवमा डिबी मिजार र चेतन शर्मा चयन भएको नेकपा एमालेले जनाएको छ । 

र, कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा कृष्णबहादुर लामिछाने, उपाध्यक्षमा ईन्द्र थापा मगर, सचिवमा एकनारायण न्यौपाने प्रकाश, उपसचिवमा सुलोचना पाण्डे र कृष्णप्रसाद भट्टराई निर्वाचित भएका हुन्। 

यसैगरी, भीरकोट नगरपालिकाको अध्यक्षमा विश्वनाथ अर्याल, उपाध्यक्षमा मिठु अधिकारी, सचिवमा गोकुल अधिकारी, उपसचिवमा पर्वत खाम्चामगर र केशरजङ अधिकारी चयन भएकाछन् ।

गल्याङ नगरपालिकाको अध्यक्षमा दानबहादुर थापा, उपाध्यक्षमा घनश्याम भट्टराई, सचिवमा राजेन्द्र खनाल, उपसचिवमा भेमला बराल र सशिकुमार बिक चयन भएका हुन्। चापाकोट नगरपालिकाको अध्यक्षमा राजु कोइराला, उपाध्यक्षमा शंकरभक्त भण्डारी, सचिवमा राजु भट्टराई, उपसचिवमा शेसकान्त भण्डारी र गोवर्धन पाठक चयन भएका छन्। 

पुतलीबजार नगरपालिकामा भरत गोदारको अध्यक्षतामा उपाध्यक्षमा रेशमबहादुर क्षेत्री, सचिवमा अमृत नेपाली, सहसचिवमा लक्ष्मी थापा मगर र विद्या भट्टराई मरासीनी सहमतिमै चयन भएको नेकपा एमाले स्याङ्जाले जनायो। 

वालिङ नगरपालिकामा भने सर्वसम्मत नेतृत्व चयनमा प्रयास भइरहेको र शुक्रबार घोषणा गर्नेगरी कार्यदल जुटेको नगर अध्यक्ष राजेन्द्र डुम्रेले जानकारी गराए। उनले भने, ‘आज (बिहीबार) साँझसम्ममा कार्यदलको बैठकले टुंग्याउने र शुक्रबार (भोलि) बिहान नतिजा सार्वजनिक गर्नेछौं।’
 
‘वालिङमा पुण्यप्रसाद अर्याल र शोभाकान्त पौडेलले नेतृत्वका लागि दाबी छ। अर्याल स्थानीय निर्वाचनमा नगरप्रमुखका प्रत्यासी हुन् भने पौडेल नगर सचिव छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.