लुम्बिनीमा १६ करोडको विहार : राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने

लुम्बिनीमा १६ करोडको विहार : राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने

बुटवल : बुद्धजन्मस्थल लुम्बिनीमा प्राचिन कलासहितको नेपाली विहार निर्माण गरिएको छ। नेपाली लगानीमै ३५० वर्षपछि यो शैलीको बज्रयानी महाविहार निर्माण भएको हो।

लिच्छवीकाली, मल्लकालीन काष्ठकला, कलाकृतिले सजिएको विहार आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ। ञनेपालीकै दानदातव्यबाट विहार निर्माण गर्ने योजना बनाइएको थियो। विहारका अध्यक्ष प्रा.डा.नरेशमान बज्राचार्यले स्वदेशी लगानीमै विहार तयार भएको बताए। ‘हामीले स्वदेशी दानदातव्यबाट मात्रै विहार बनाउने संकल्प गरेका थियौं, उनले भने,‘त्यो अभियान पुरा भएको छ।’

नेपालमा यो शैलीको विहार ३५० वर्षयता नबनेको उनले बताए। ‘बौद्ध परम्पराको संघ स्थापना र विहार निर्माण नभएको ३५० वर्ष भयो, हामीले बज्रयानी महाविहार निर्माण गरेर फेरि विहार निर्माण शीलशीला शुरु गरेका छौं, उनले भने। विहारको पहिलो तलाको काष्ठकला निर्माणमा काठमाडौं महानगरपालिकाले ४ करोड २९ लाख रकम सहयोग दिएको थियो। सो लगानीबाट मण्डला तयार भएको छ। 

राष्ट्रपति भण्डारीले आइतबार मण्डलाको उद्घाटन र विहार अवलोकन गर्ने कार्यक्रम तय भएको अध्यक्ष बज्राचार्यले जानकारी दिए। यो विहानर निर्माणमा करिब १६ करोड खर्च भएको छ। एक विगाहा क्षेत्रफलमा विहार निर्माण गरिएको हो।

लुम्बिनीमा स्वदेशी लगानीमै बज्रयानी विहार निर्माण भएको यो पहिलो हो। प्राचिन संस्कृति झल्किने काष्ठकला प्रयोग गरिएकाले यो विहार निकै आकर्षक रहेको छ।
राष्ट्रपति भण्डारी आइतबार विहार उद्घाटनसहित अन्य कार्यक्रममा सहभागि हुन लुम्बिनी क्षेत्रको भ्रमणमा आउँदैछिन्। लुम्बिनी र भैरहवामा आयोजित छुट्टाछु्ट्टै कार्यक्रममा राष्ट्रपति सरिक हुने जनाइएको छ।

राष्ट्रपति कार्यालय उपलब्ध गराएको प्रारम्भिक कार्यसूचि अनुसार भण्डारी आइतबार विहान १० बजे हेलिकप्टरमार्फत लुम्बिनी आउनेछिन्। उनले लुम्बिनीमा बनिरहेको बज्रयान महाविहारको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। विहार उद्घाटनपछि भण्डारी मायादेवी मन्दीरको दर्शनमा जाने कार्यक्रम छ।

त्यसलगत्तै लुम्बिनी विकासको विषयमा राष्ट्रपतिलाई जानकारी दिने कार्यक्रम तय भएको छ। बुद्धमाया गाडर्नेनमा हुने कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालको अवस्था र लुम्बिनी विकास कोषको अवस्थाको विषयमा जानाकारी दिने कार्यक्रम तय भएको छ।
राष्ट्रपतिले लुम्बिनीमा निर्माण भएको ५ हजार क्षमताको ध्यान हल अवलोकन गर्ने कार्यक्रम समेत छ। सो हलको शिलान्यास राष्ट्रपति भण्डारी र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए।

लुम्बिनीको भ्रमण गरेर राष्ट्रपति गौतमबुद्ध विमानस्थल जाने कार्यक्रम रहेको छ। त्यहा साढे २ अर्वको बुद्धमूर्ति अनावरण गर्ने कार्यक्रम छ। यो मूर्ति स्पेनको नगरपालिकाले लुम्बिनी सांस्कृतिक नगरपालिकालाई प्रदान गरेको उपहार हो। जसलाई गौतमबुद्ध विमानस्थलमा राखिएको छ। मूर्तिको केही दिनअघि मात्रै लुम्बिनी क्षेत्रमा रथयात्रा गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.