घाइतेलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लैजादै (अपडेट)

घाइतेलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लैजादै (अपडेट)

सल्यान: सल्यान बस दुर्घटनाका घाइते १९ जनालाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लैजाने तयारी भइरहेको छ। अहिले हेलिकोप्टर व्यवस्थापनका लागि छलफल भइरहेको छ। अहिले प्रहरी नायव उपरीक्षक गोविन्द थापाले १२ जनाको मृत्यु भएको र १८ जना घाइतेलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लैजाने तयारी भइरहेको अन्नपूर्णलाई जानकारी दिए।

दुर्घटनामा १२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। सल्यान खलंगादेखि दाङको तुलसीपुर जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस आइतबार बिहान कपुरकोट गाउँपालिका ५ थारखोलामा दुर्घटना भएको थियो।

दुर्घटनामा ५ जनाको घटनास्थलमै र ७ जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मुत्यु भएको प्रहरीले जनाएको छ। बसमा ३१ जना सवार थिए। बस सडकदेखि २०० मिटर तल खोलामा खसेको थियो। तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.