सल्यान बस दुर्घटनाः तीनजना मृतकको पहिचान खुल्यो, चालक फरार

सल्यान बस दुर्घटनाः तीनजना मृतकको पहिचान खुल्यो, चालक फरार

दाङ  : सल्यानमा बस दुर्घटनामा मृत्यु भएकामध्ये तीनजनाको सनाखत भएको छ। अहिलेसम्म तीनजनाको मात्रै पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। मृत्यु हुनेमा सल्यान छत्रेश्चरी गाउँपालिका २ का २९ वर्षीय तिलक ओली, घोराही उपमहानगरपालिकाका ६५ वर्षीय इन्द्रा अधिकारी, दाङ बबई गाउँपालिका ६ पञ्चकुलेका ७० वर्षीया कलावती बुढाथोकी रहेका छन् । प्रहरीका अनुसार चालक भने फरार छन् । 

दुर्घटनामा १२ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १० महिला र २ पुरुष छन् । १८ जना घाइते भएका छन्। घाइतेहरुलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी भएको छ। सल्यान खलंगादेखि दाङको तुलसीपुर जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस आइतबार बिहान कपुरकोट गाउँपालिका ५ थारखोलामा दुर्घटना भएको थियो।

दुर्घटनामा ५ जनाको घटनास्थलमै र ७ जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मुत्यु भएको प्रहरीले जनाएको छ।  बसमा ३१ जना सवार थिए। बस सडकदेखि २०० मिटर तल खोलामा खसेको थियो। तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.