विद्युतीय चार्जिङ स्टेशन बन्दै

विद्युतीय चार्जिङ स्टेशन बन्दै

बुटवल : विद्युतीय गाडीको प्रयोग बढाउन मुलुकका ५० स्थानमा चार्जिङ स्टेशन निर्माण सुरु भएको छ। दैनिक ४ सय मेगावाट विद्युत बढी उत्पादन भएपछि त्यसको उपयोग गर्न स्टेशन निर्माण थालिएको हो। स्टेशन निर्माणपछि विद्युतीय सवारी साधनको प्रयोग बढ्ने विश्वास विद्युत प्राधिकरणले गरेको छ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्वदेशमै विद्युत खर्च गर्ने रणनीति निर्माण भइरहेको बताए। ‘देशमै प्रर्याप्त विद्युत उत्पादन भएको छ, अबको रणनीति त्यसको उपयोग बढाउनु् हो, उनले भने।

साइड भिजिटमा शनिबार रुपन्देही आइपुगेका घिसिङले प्राधिकरण देशमै विद्युत खपत गराउने योजनामा जुटेको बताएका हुन्। उनले ठूला उद्योगहरूलाई चाहेजति विद्युत उपलब्ध गराउन प्राधिकरण तयार रहेको बताए। 

उनले परासी, सुवनल क्षेत्रका ठूला उद्योगलाई १३२ केभिए प्रसारण लाइन दिन सकिने बताए। लुम्बिनी, परासी क्षेत्रमा दर्जनौं ठूला उद्योगहरु सञ्चालनमा रहेका छन्। कतिपय उद्योगले विद्युत नभएका कारण फूलफेजमा उत्पादन गर्न नसकिएको बताउँदै आएका थिए। अब भने विद्युतको अभाव नहुने घिसिङको भनाई छ। उनले तत्काल खपत गर्न सक्ने उद्योगलाई १३३ केभिए प्रशारण लाइन पनि प्राधिकरणले उपलब्ध गराउन सक्ने बताए। 

‘अहिले हामीलाई चाहिएको भन्दा ४०० मेगावाट विद्युत उत्पादन भइरहेको छ’ घिसिङले भने, ‘इन्डक्सन कुकिङ, इलेक्ट्रिक भेइकल’ योजना देशमा अगाडि सानुपर्नेछ। इलेक्ट्रिक भेइलक चार्ज गर्न देशमा ५० प्रमुख ठाउँमा चार्जिङ सेन्टर बनाउँदै छौं। अब विद्युतको बढी प्रयोग गरौं, ग्यास र पेट्रोलियम पद्धार्थको कम प्रयोग गरौं।’ 

घिसिङले विद्युत विस्तार तथा संरचना निर्माणमा ऐन, कानून नै बाधक भएको गुनासो समेत गरे। विभिन्न ऐन नियमका कारण काम गर्न समस्या हुनुका साथै लागत समेत वृद्धि हुने गरेको गुनासो गरे। एक्सटेन्सन लाइन विस्तार गर्न ‘राइट अफ वे’का लागि वन क्षेत्रहरुमा जग्गा अधिग्रहण प्रक्रिया लामो र जटिल हुँदा समयमै योजनाहरु सम्पन्न गर्न नसकिने अवस्था रहेको उनको भनाइ छ। 

‘वन क्षेत्रमा रुख काट्नका लागि मन्त्रीस्तरको निर्णय हुनुपर्यो। उक्त प्रक्रियामा पुग्दासम्म एक/डेढ वर्ष लाग्छ। स्वीकृति लिएर आउँदासम्म त्यहाँ रहेका रुखहरु पनि ठूला भइसकेका हुन्छ। फेरी रिकाउन्ट गर्न पर्यो। यो प्रक्रिया नै अति जटिल हुँदा काम गर्न गार्हो छ’ घिसिङले भने। उनले देशका प्रमुख सहरहरुमा भूमिगत तार गराउने अभियान पनि थालिएको बताए।

चालु आर्थिक वर्षमा विद्युतीय साधनको आयात बढेकाले विद्युत खपत बढ्ने अपेक्षा प्राधिकरणको छ। भन्सार विभागका अनुसार पछिल्लो तीन महिनामा गत वर्षकोभन्दा झण्डै तीन गुणा बढी विद्युतीय साधन नेपाल भित्रिएका छन्। 

अहिले सहरी क्षेत्रमा विद्युतीय स्कुटरको माग बढिरहेको विक्रेताहरु बताउँछन्। निर्देशक घिसिङले साधन चढ्ने नागरिकका सहजताका लागि चाजिङ स्टेसन निर्माण हुने बताए।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.