नेकपा एमालेको १५ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन
गोरखा : १० औँ राष्ट्रिय महाधिवेशनका लागि नेकपा एमाले गोरखाले १५ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मतले चयन गरेको छ। शनिबार गोरखा सदरमुकाममा सम्पन्न निर्वाचन प्रक्रियाबाट ३५ जना आकांक्षीमध्ये १५ जना महाधिवेशन प्रतिनिधि निर्विरोध चयन गरेको हो।
दुई वटा संघीयत निर्वाचन क्षेत्र रहेको गोरखामा क्षेत्र नम्बर १ बाट खुल्लातर्फ सुरेन्द्रबहादुर थापा, गोपाल पाण्डे, कृष्ण नेपाली, सुरेश श्रेष्ठ, मोहन भट्टराई, विशाल थापा र महिलातर्फ सम्झना देवकोटा, मिना बराम सर्वसम्मत चयन भएका छन्।
त्यस्तै, क्षेत्र नं २ बाट खुल्ला तर्फ प्रेम गुरुङ, बावुराम थापा, हरि काफ्ले, कमल दानी र महिला तर्फ पार्वती पाठक, रुपा पन्त चयन भएको निर्वाचन अधिकृत रमेश अधिकारीले जानकारी दिए। पार्टीको केन्द्रीय नीतिअनुसार उत्पीडित दलित प्रतिनिधिमा काजीराम रोका चयन भएको अधिकारीले बताए।
महाधिवेशनका लागि छनौटमा भएका १५ जना प्रतिनिधिमा शनिबार पार्टी कार्यालय प्रमाणपत्रसहित खादा लगाएर सम्मान गरेका थिए।
यस्तै, गाोरखाका ११ स्थानीय तहमध्ये चुमनुब्री बाहेक अन्य सबै स्थानीय तहमा अधिवेशन सम्पन्न भइसकेको एमाले पार्टी कार्यालय गोरखाले जनाएको छ। यही मंसिर १० गतेदेखि १२ गतेसम्म चितवमा हुने १० औँ महाधिवेशनका लागि गोरखाबाट पाँचहजारभन्दा बढी कार्यकर्ता सहभागी हुने एमालेको केन्द्रीय सदस्य रामशरण बस्नेतले बताए। उनका अनुसार जिल्लाभर हाल एमालेको सातहजार छ सय ९० जना पार्टी सदस्य रहेका छन्।
नेकपा एमाले गोरखा अध्यक्ष प्रेम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका पूर्व भौतिक मन्त्री रामशरण बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रममा भएको थियो।
प्रतिक्रिया दिनुहोस !