प्रचण्डलाई स्वागत गर्न नगरपालिकाले दियो सार्वजनिक बिदा

प्रचण्डलाई स्वागत गर्न नगरपालिकाले दियो सार्वजनिक बिदा

महोत्तरी : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई स्वागत गर्न रामगोपालपुर नगरपालिकाले सार्वजनिक बिदा दिएको छ। नगरपालिकाभित्रमा नवनिर्मित स्वास्थ्य संस्था उद्घाटनको लागि प्रचण्ड आउने भएपछि स्वागतको लागि बुधबार एक दिनको बिदा दिइएको हो। 

मेयर अशोककुमार मण्डलले जारी गरिएको प्रेस विज्ञप्तिमा अध्यक्ष प्रचण्डको स्वागतका लागि मंसिर १ गते बुधबार सार्वजनिक बिदाको घोषणा गरेका हुन्। नगरपालिकाले सार्वजनिक बिदा दिएपछि सामाजिक सञ्चालनमा आलोचना भएको छ। 

नगरपालिका अन्तर्गतका आधारभूत स्वास्थ्य केन्द्रहरू वडा नम्बर २,३,४,६,७, ८ र ९ को उद्घाटनका लागि प्रचण्ड महोत्तरी आउने कार्यक्रम रहेको नगरपालिकाको सो विज्ञप्तिमा उल्लेख रहेको छ। प्रचण्ड मध्यान्ह १२ बजे रामगोपालपुर प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको खुल्ला सभालाई सम्बोधन गर्ने छन्। कार्यक्रमको तयारी पूरा भएको नगरपालिकाको कार्यालयले जनाएको छ।   

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.