सर्वोच्चको समस्यामा साझा धारणा बन्छ : माधव नेपाल

सर्वोच्चको समस्यामा साझा धारणा बन्छ : माधव नेपाल

धनगढी : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतमा देखिएको समस्याका लागि गठनबन्धनको साझा धारणा बन्नुपर्ने बताएका छन् । उनले यसबारेमा प्रधानमन्त्रीले चासो लिनुपर्ने बताए । नेपाल कम्युनिष्ट पार्टी समाजवादीको सुदूरपश्चिम प्रदेश कार्यालयको धनगढीमा उद्घाटन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन ।

‘सर्वोच्च अदालतमा देखिएको समस्याको छिटो समाधान हुनुपर्छ, यसमा गठबन्धनको छिट्टै साझा धारणा बन्नुपर्छ,' नेपालले भने।‘यसका लागि प्रधानमन्त्रीले अग्रसरता लिनुपर्छ।’ उनले नेकपा एमाले हुँदा पनि आफ्नै जग्गामा देशकै दोस्रो जिल्ला पार्टी कार्यालयका रुपमा कञ्चनपुरको कार्यालय रहेको बताउँदै भने, ‘प्रदेश कार्यालयको भाडाको घरमा उद्घाटन भयो, अब छिट्टै पार्टीका जिल्ला कार्यालय आफ्नै जग्गामा धमाधम उद्घाटन गर्न पाइयो।’

नेपाल कम्युनिष्ट पार्टी समाजवादी प्रदेश कमिटीले धनगढी उपमहानगरपालिकाको वडा नम्बर ३ चटकपुरमा भाडाको घर लिएर प्रदेश कार्यालय स्थापना गरेको हो । यसअघि उक्त कार्यालय नेकपाको र त्यसपछि नेकपा एमालेको प्रदेश कार्यालयका रुपमा थियो । नेकपा एमालेले, जिल्ला पार्टी कार्यालयकै भवनमा प्रदेश कार्यालय बनाएपछि, नेपाल कम्युनिष्ट पार्टी समाजवादीले उक्त घर भाडामा लिएको हो ।

उनले असली कम्युनिष्ट समाजवादीमा रहेको दाबी गरे । ‘असली कम्युनिष्ट समाजवादीमा छन, एमाले नक्कली कम्युनिष्टको पार्टी हो, समाजवादीको लहर महाकालीदेखि पूर्वको मेचीसम्म छ,' नेता नेपालले भने ।उनले अहिले उद्घाटन गरेको पार्टी कार्यालयमा गरिएका निर्णयका कारण समाजवादी अहिले प्रदेशकै ठूलो दलका रुपमा स्थापना भएको दावी गरे । ‘मानिसलाई बस्नका लागि घर चाहिन्छ, त्यसैले पार्टीका लागि पनि घर चाहिन्छ,'उनले भने।‘पार्टी कार्यालय स्थापनामा खटिने सबै कामरेलाई धन्यवाद छ।’

नेपाल नागरिक उड्डयन तथा पर्यटन मन्त्रीसँगै बुधबार डोटीको बड्डीकेदार शक्तिपीठ र शैलेश्वरीको दर्शनका लागि सुदूरपश्चिम आएका थिए । शक्तिपीठहरुको दर्शनपछि धनगढी आएका नेपालले पार्टीको प्रदेश कार्यालय उद्घाटन गरेका हुन ।

उनले, धनगढीमै बिहीबार पार्टीको प्रशिक्षणको पनि उद्घाटन गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.