सर्वाङ्गीण विकासको निम्ति छोरी शिक्षा आवश्यक : राष्ट्रपति

सर्वाङ्गीण विकासको निम्ति छोरी शिक्षा आवश्यक : राष्ट्रपति

महोत्तरी : रंगशाला निर्माणले स्थानीय युवाको निम्ति सहयात्रीको भूमिका निर्वाह गरिने राष्ट्रपति विद्यादेवी भण्डारीले बताइन्। सोमबार मटिहानी नगरपालिकाले निर्माण गरेको रंगशालालाई उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले रंगशालाको निर्माणले मात्र नभइ खेलमैदान युवामैत्री हुनुपर्नेमा जोड दिइन्। 

सर्वाङ्गीण विकासको लागि 'बेटी पढाऊ, बेटी बचाऊ' कार्यक्रम जस्ता छोरीमैत्री शैक्षिक क्रियाकलापको आवश्यकताउपर राष्ट्रपति विद्यादेवी भण्डारीले जोड दिइन्। राष्ट्रपति भण्डारीले भनिन्, ‘समाजिकस्तरमा कायम रहेको अन्धविश्वासलाई चिर्नका लागि प्रदेश २ सरकारले सुरु गरेको 'बेटी पढाऊ, बेटी बचाऊ' अभियान प्रशंसाको विषय बन्दै गएको छ। यसलाई सरकारले राष्ट्रियस्तरको कार्यक्रमको रुपमा देशव्यापी रुपमा अगाडि बढाउनुपर्ने आवश्यक देखिन्छ। ’ 

वर्तमान परिवेशमा तराई पहाडको दिगो विकासको निम्ति चुरे संरक्षण आवश्यक रहेको राष्ट्रपति भण्डारीले बताइन्। उनले भनिन्, ‘चुरेको विकास र तराईको दिगो विकास वर्तमान समयमा परिपुरक हो। नदी डुबानले तराईको वर्षेनी अन्नबाली उत्पादन हुने खेतीयोग्य जग्गा नष्ट हुँदैछ।’

कृषि क्षेत्रलाई संरक्षण सम्वर्द्धन गर्न सके युवाहरु विदेश पलायन हुनबाट रोक्नुको साथै स्वावलम्बी र स्वाभिमान बनाइ अर्थतन्त्रको क्षेत्रमा समृद्धि गर्न सहयोग पुग्नेमा राष्ट्रपति भण्डारीले जोड दिइन्। 

कार्यक्रमकाबीच प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले संघीयताको बेस बनाउन सफल भएको धारणा राखेका हुन्। अगामी दिनमा क्रमिक रुपमा सुधार गरिंदै संघीयतालाई चौतर्फी रुपमा अगाडि बढ्नुपर्नेमा मुख्यमन्त्री राउतले जोड दिए। मुख्यमन्त्री राउतले भने, ‘महिलालाई सशक्त बनाउन प्रदेश सरकार आरक्षण ऐन ल्याएको हो। सो ऐनलाई टेकेर प्रदेश सरकारले लोकसेवाको परीक्षामा ५० प्रतिशत आरक्षणको व्यवस्था ल्याएको हो।’

सोहीबीच प्रतिनिधिसभा सदस्य महन्थ ठाकुरले आर्थिक समृद्धि भए देशमा राजस्वमा समेत वृद्धि हुने भएकोले हरेक क्षेत्रमा चौतर्फी विकासको आवश्यक्ता उपर जोड दिए।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.