पाल्पा क्षेत्रगत निर्वाचन र केन्द्रीय प्रतिनिधिमा पौडेल समूहको बचर्श्व

पाल्पा क्षेत्रगत निर्वाचन र केन्द्रीय प्रतिनिधिमा पौडेल समूहको बचर्श्व

तानसेन : नेपाली कांग्रेस १४ औं महाधिवेशनअन्तर्गत पाल्पाको केन्द्रीय निर्वाचन क्षेत्रअन्तर्गत दुवै निर्वाचन क्षेत्रमा क्षेत्रीय अध्यक्षसहित पदाधिकारी र केन्द्रीय महाधिवेशन प्रतिनिधि रामचन्द्र पौडेल समूह बचर्श्व कायम गरी विजयी भएको छ ।

पाल्पामा पौडेल समूहको नेतृत्वमा पाटी सभापति वीरबहादुर राना, देउवा पक्षको नेतृत्वमा पाटी केन्द्रीय सदस्य हरिप्रसाद नेपालले गरेका थिए । पाल्पा क्षेत्र नं.१ मा पौडेल समूहबाट झमन राजमगर, देउवा समूहबाट विष्णु वमरेल,  क्षेत्र नं. २ मा पौडेल समूहबाट मुक्तिराम जिसी, देउवा समूहबाट यादव सिंह कार्कीले प्यानलै बनाएर निर्वाचनमा लडेका थिए । केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पाल्पाबाट ५२ जनामध्ये ४९ जना पौडेल समूह र ३ जना मात्र देउवा समूहबाट निर्वाचित भएका छन् ।

पाल्पा क्षेत्र नं.१ को पौडेल समूहबाट क्षेत्रीय सभापतिमा झमनबहादुर राजमगरको समूह विजयी भएको छ । झमनले ४८८ मत ल्याइ विजयी भए भने विष्णु विमरेल १०२ मत पाएर पराजित भए ।क्षेत्रीय अन्य पदाधिकारीमा झमनकै समूहबाटै सचिवमा कपिल खाँण र मधु पराजुली, सह सचिवमा जंगबहादुर दर्लामी र दिपक अर्याल निर्विरोध निर्वाचित भएका छन्। खुला सदस्यमा पौडेल समूहका दल बहादुर थापा, माधव खड्का, मधुसुदन पोखरेल विजयी भए ।

पौडेल समूहबाटै खुला महिला सदस्यमा पार्वती न्यौपाने, खुला जनजातीमा केशव ढेंगा, वमबहादुर सिंजाली, महिला जनजातीमा नरदेवी थापा, रुपकला राना, खस आर्यमा तिलक मल्ल, दलितमा क्षेत्रबहादुर नेपाली र समावेशीमा जुनु शेख निर्विरोध निर्वाचित भएका छन्।

केन्द्रीय महाधिवेशन खुला प्रतिनिधिमा पौडेल समूहबाट कृष्ण अधिकारी, खगेश्वर पाठक, दानबहादुर पछाई, रमणबहादुर थापा, सन्तोष कुमार थापा, शालिकराम पाण्डे, ज्ञानबहादुर गाहँ, कल्प पौडेल, देवराज ढकाल, लक्ष्मण भट्टराई विजयी भएका छन्।

पौडेल, ढकाल र भट्टराई देउवा समूहका महाधिवेशन प्रतिनिधिमा विजयी भएका हुन्। खुलामा ज्ञानबहादुर गाँहाले सबैभन्दा धेरै ४९४ मत पाएका थिए । केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पौडेल समूहबाट खस आर्यमा खिमबहादुर क्षेत्री, विजया भट्टराई, खुला महिला गंगा पंगेनी, दुर्गा देवी भण्डारी, पवित्रा ढकाल, विष्णुमाया ढकाल, जनजाती महिला ननिसरा गाहा, मुना थापा, सिमादेवी थापा, जनजाती पुरुषमा डिल बहादुर ढेंगा, पुर्ण कुमारी सोती, विष्णु कुमार थापा, सन्दिप राना, दलितमा अर्जुन विश्वकर्मा समावेशीमा हजिलदिन मिया विजयी भएका छन्।

पाल्पा क्षेत्र नं. २ मा मुक्तिराम जिसीको नेतृत्वमा पौडेल पक्षबाटै पुरै प्यानल सेट विजी भएको छ। विजयी जिसीले ४६० मत ल्याएका थिए भने प्रतिष्प्रधी यादव सिंह कार्कीले २१४ मत ल्याइ पराजित भएका छन् ।

यसैगरी पौडेल समूहबाटै क्षेत्रीय सचिवमा कृष्णबहादुर आले, टंकनाथ न्यौपाने, सहसचिवमा मनसिंह कुवँर, झपेन्द्र पचभैया, प्रत्यक्ष खुलातर्फ पाण्डव पौडेल, विष्णु गैरे, रकी कविराज, प्रत्यक्ष महिलातर्फ भगवती घिमिरे, खसआर्य सुरेश रायमाझी, खस आर्य महिला लक्ष्मी पाण्डे, जनजाती खुलामा गंगा राना वगाले, पूर्ण बहादुर श्रेष्ठ, जनजाती महिला सुनिता श्रेष्ठ, दलित मोहन हेमचुरी, मधेशी राजीवकुमार शाह निर्विरोध निर्वाचित भएका छन्।

केन्द्रीय महाधिवेशन प्रतिनिधि प्रत्यक्ष खुला बाट पौडेल पक्षबाट कृष्ण प्रसाद बस्याल, झपेन्द्र गहिरे, महेन्द्र प्रसाद पाण्डे, मेजर सिंह के.सी., यमलाल तिमिल्सिना, रामेश्वर पंन्थी, विधान प्रसाद श्रेष्ठ, वीरबहादुर राना, शंकर रायमाझी, हिमालदत्त श्रेष्ठ विजयी भएका छन । खुला केन्द्रीय प्रतिनिधिमा सबैभन्दा बढी मत पार्टी सभापति वीरबहादुर रानाले ५४४ मत ल्याए ।

प्रत्यक्ष महिलातर्फ केन्द्रीय प्रतिनिधिमा पौडेल समूहबाट धनकला गाँहा, लालकुमारी राना, शान्ता वोहोरा, सुनिता अधिकारी विजयी भए। खस आर्य खुलामा पौडेल समूहबाट राम काकी, शिवचन्द्र खनाल निर्वाचित भए ।

खस आर्य महिला पौडेल समूहबाट कान्ता अधिकारी, बसन्ती घिमिरे निर्विरोध निर्वाचित भए । यस्तै, आदिवासी जनजाती खुलामा पौडेल समूहबाट कृष्ण बहादुर राना, नलबहादुर राना, राजेन्द्र गोपाल सिंह विजयी भए ।

आदिवासी जनजाती महिलामा पौडेल समूहकै शान्ति झेडी थापा र शोभा शाक्य निर्विरोध निर्वाचित भएका छन् । दलितमा पौडेल समूहबाट लक्ष्मण हिंताङ्ग, समावेशी अपाङ्ग, मुस्लिमा जमिला मिया विजयी भए । यही मंसिर १० गते हुने जिल्ला अधिवेशनमा जिल्ला सभापतिका लागि यमलाल तिमिल्सीना, कृष्णप्रसाद बस्याल, हिमालदत्त श्रेष्ठ र देवराज ढकालले उम्मेदवारी दिने चर्चा छ।

तिमिल्सीना, बस्याल र श्रेष्ठ पौडेल समूहका हुन् भने ढकाल देउवा समूहका हुन् । जिल्ला नेतृत्वमा सहमतिमा चयन गरिने जिल्ला सभापति वीरबहादुर रानाले बताए । प्रदेशसभादेखि दुबै समूहले प्यानल बनाएर निर्वाचन गरेकोले जिल्ला अधिवेशन पनि चुनावी पक्रियाबाटै टुङ्गो लाग्ने कांग्रेस कार्यकर्ताले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.