एमालेले बनायो स्थायी समिति र पोलिटब्युरो, पदाधिकारीको बरियता निर्धारण

एमालेले बनायो स्थायी समिति र पोलिटब्युरो, पदाधिकारीको बरियता निर्धारण

काठमाडौं : एमालेले ४५ सदस्यीय स्थायी समिति र ९९ सदस्यीय पोलिटब्युरो गठन गरेको छ। ४५ जना केन्द्रीय सदस्य मनोनीत भएका छन्। केन्द्रीय कमिटीको आइतबारको बैठकले केन्द्रीय विभागका प्रमुख, प्रदेशका इन्चार्ज र पदाधिकारीसमेत तोकेको छ। 

अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति, पोलिटब्युरो र थप केन्द्रीय सदस्यको नाम बैठकमा प्रस्ताव गरेका थिए। उक्त प्रस्ताव सर्वसम्मत ढंगले पारित भएको हो। स्थायी समितिमा घनश्याम भुसाल, गुरु बराल, देवराज घिमिरे, भीम आचार्य, लालबाबु पण्डित, खगराज अधिकारी, किरण गुरुङ, काशीनाथ अधिकारी, रघुजी पन्त, भानुभक्त ढकाल चयन भएका छन्। यस्तै मणिचन्द्र थापा, शेरधन राई, कृष्णगोपाल श्रेष्ठ, अग्नि खरेल, प्रभु साह, राजन भट्टराई, सीता पौडेल, विन्दा पाण्डे, गोरख बोगटी, कर्णबहादुर थापा, राजेन्द्रप्रसाद गौतम, थममाया थापा, शेरबहादुर तामाङ, शिवमाया तुम्बाहाङ्फे र  हिक्मत कार्की स्थायी समिति सदस्य बने।

९९ सदस्यीय पोलिटब्युरोमा केही नयाँ अनुहार छन्। गोकुल बाँस्कोटा, महेश बस्नेत, अरुण नेपाल, देवी ज्ञवाली, परशुराम मेघी गुरुङ, पुरुषोत्तम पौडेल, आनन्द पोखरेल, लीला गिरी, जगत विश्वकर्मा, कमल चौलागाईं, बालकृष्ण ढुंगेल, ईश्वरी रिजाल, जितबहादुर गौतम, विनोद श्रेष्ठ, सुमन प्याकुरेल, भैरवसुन्दर श्रेष्ठ, रामदयाल मण्डल, दलबहादुर राना, गोकुल घर्ती, वैजनाथ चौधरी, लीलानाथ श्रेष्ठ, खेममान खड्का, राजेन्द्रसिंह रावल, नारदमुनि राना, लीलबहादुर थापा मगर पोटिलब्युरो सदस्य बनेका छन्। यस्तै, सुजिता शाक्य, ज्वालाकुमारी साह, मोहन बानियाँ, मञ्जु चौधरी, विशाल भट्टराई, गणेशसिंह ठगुन्ना, खिमलाल भट्टराई, दधिरामा न्यौपाने, ठाकुर गैरे, तिलकुमार मेयाङ्बो, गौरी ओली, निरु पाल, विमला घिमिरे, लिलाकुमारी भण्डारी, शान्ता चौधरी, सीता गिरी ओली, कृष्ण राई, गुलाबजंग शाह, लक्ष्मी पोखरेल, सूर्य थापा, मनकुमारी केसी, सुशीला नेपाल र पार्वत गुरुङ पोलिब्युरोमा परेका छन्। 

यी हुन् मनोनीत केन्द्रीय सदस्य 
लालबाबु पण्डित, विशाल भट्टराई, चन्द्रमोहन गौचन, कृष्ण केसी, ऐन महर, रमेश पौडेल, सूर्य पाठक, हरि घिमिरे, पदम गिरी, युवराज बाँस्कोटा, यज्ञबहादुर बोगटी, दल फडेरा, बद्री न्यौपाने, रूपनारायण श्रेष्ठ, उद्धव रेग्मी, प्रेम दंगाल केन्द्रीय सदस्यमा मनोनीत भएका छन्। 

त्यस्तै भीम केसी, सुवास देवकोटा, हरिकृष्ण व्यञ्जनकार, इन्दिरा गौतम, सरस्वती चौधरी, मानवीर राई, यमुना रोका, कल्पना चापागाईं, आशा विक, उमा कोइराला, नैनकला ओझा, मञ्जु गुरुङ, इन्दिरा सञ्जेल, विमला अर्याल, गीता कार्की, शान्ति अधिकारी, रुक्मिणी राना, तारादेवी गुरुङ, सविता यादव, विषमलाल अधिकारी, रेशम लामा, गोविन्द दुवाल, रतननाथ योगी, चन्द्रबहादुर विश्वकर्मा, सहदेव बोटी, बालसिंह काउछा र दुर्गा प्रसाईं केन्द्रीय सदस्यमा मनोनीत भएका छन् । 

प्रचार विभागमा गुरुङ, स्कुलमा ज्ञवाली र संगठनमा अधिकारी 
एमाले प्रचार विभाग प्रमुखको जिम्मेवारी उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पाएका छन्। अर्का उपमहासचिव प्रदीप ज्ञवालीलाई स्कुल विभाग प्रमुख र खगराज अधिकारीलाई संगठन विभाग प्रमुख बनाउने निर्णय बैठकले गरेको छ। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नीति अनुसन्धान प्रतिष्ठान इन्चार्ज बनेका छन्। उपाध्यक्ष  युवराज ज्ञवाली स्थानीय तह प्रदेश र संघ, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य राजनीतिक समन्वय, उपाध्यक्ष रामबहादुर थापा राष्ट्रिय सुरक्षा र उपाध्यक्ष विष्णु पौडेल पार्टी संगठन अनुगमन विभाग प्रमुख बनेका छन्। 

उपाध्यक्ष सुवास नेम्वाङ संसदीय अनुगमन र अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डे राजकीय मामिला विभाग प्रमुख तोकिएका छन्। उपमहासचिव विष्णु रिमाललाई आर्थिक लेखा र सचिव योगेश भट्टराईलाई स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख तोकिएको छ। अध्यक्ष ओली र महासचिव शंकर पोखरेलाई समग्र पार्टी हेर्ने जिम्मेवारी तोकिएको छ। युवा संघ इन्चार्ज महेश बस्नेत भएका छन्। विद्यार्थी इन्चार्जमा माधव ढुंगेल तोकिएका छन्।

प्रदेश इन्चार्ज र अध्यक्ष को–को ? 
बैठकले प्रदेश १ मा देवराज घिमिरे, प्रदेश २ मा रघुवीर महासेठ, बागमतीमा काशीनाथ अधिकारी, गण्डकीमा पद्मा अर्याल, लुम्बिनीमा छविलाल विश्वकर्मा, कर्णालीमा यामलाल कँडेल र सुदूरश्चिममा लेखराज भट्टलाई इन्चार्ज तोकेको छ। 

पार्टीको प्रदेश १ मा तुलसी न्यौपाने, प्रदेश २ मा राम अवतार यादव, बागमतीमा केशवराज पाण्डे, गण्डकीमा नवराज शर्मा, लुम्बिनीमा राधाकृष्ण कँडेल, कर्णालीमा विनोदबहादुर शाह र सुदूरपश्चिममा दामोदर भण्डारी प्रदेश अध्यक्ष चुनिएका छन्। उपत्यका विशेषको अध्यक्षमा प्रेमकुमार पराजुलीलाई तोकिएको छ। 

बरियाताक्रम तोकियो 
बैठकले पार्टीका १९ पदाधिकारीको बरियताक्रम तोकेको छ। अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलपछि उपाध्यक्षहरूमा युवराज ज्ञवाली पहिलो वरियतामा छन् भने रामबहादुर थापा तेस्रो र विष्णुप्रसाद पौडेल चौथो वरियतामा छन्। पाँचौंमा सुवास नेम्वाङ र  छैटौंमा सुरेन्द्र पाण्डे छन्।

महासचिव शंकर पोखरेलपछि उपमहासचिवमा प्रदीप ज्ञवाली पहिलो वरियतामा  परेका छन्। पृथ्वीसुब्बा गुरुङ दोस्रो र बिष्णु रिमाल तेस्रो वरियतामा छन्। सचिवहरूमा टोपबहादुर रायमाझी पहिलो वरियतामा छन्। दोस्रोमा लेखराज भट्ट, तेस्रोमा रघुवीर महासेठ, चौथोमा छविलाल विश्वकर्मा, पाचौ गोकर्ण विष्ट, छैटौंमा योगेश भट्टराई र सातौं पद्माकुमारी अर्याल छन्।

अध्यक्ष ओलीले पार्टी एकतालाई मूल मन्त्र मानेर अगाडि बढ्न बैठकमा निर्देशन दिएका थिए। केन्द्रीय कमिटी बैठकले उत्कृष्ट प्रक्रियाबाट नेतृत्व चयन गरेको भन्दै बैठकको निर्णयलाई सबैले स्वीकार्नुपर्ने ओलीले बताए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.