२१ क्वीन्टल चिनी बरामद

२१ क्वीन्टल चिनी बरामद

विराटनगर : मोरङको रतुवामाई नगरपालिका–१० सातमेडीबाट प्रहरीले तस्करीको २१ क्वीन्टल (दुई हजार एक सय किलो) चिनी बरामद गरेको छ । भारतबाट नेपाल प्रवेश गरेको मे १ च ५६७० नम्बरको पिकअप भेनमा भन्सार छली गरेर भित्र्याइएको चिनी मंगलबार साँझ बरामद गरिएको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार जुटको बोरामा राखेर भेनमा लोड गरेर ल्याउँदै गरेको अवस्थामा ५० किलो दरका ४२ बोरा चिनी बरामद गरिएको हो । शंकास्पद अवस्थाको भेन नियन्त्रणमा लिएर खानतलासी गर्दा ठूलो परिणाममा तस्करीको चिनी फेला परेको उनको भनाइ छ । चिनी भेटिएपछि प्रहरीले चिनीसहित भेन, भेनका चालक झापाको दमक नगरपालिका–७ का ३२ वर्षीय दिनेशकुमार श्रेष्ठ र चिनी धनी रतुवामाई–५ का ४५ वर्षीय धु्रवकुमार शिवाकोटीलाई नियन्त्रणमा लिएको छ ।

बरामद भएको चिनी, चालक र धनीलाई आवश्यक कारबाहीका लागि बुधबार विराटनगर भन्सार कार्यालयमा बुझाइएको जानकारी डीएसपी श्रेष्ठले दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.