शिक्षकको अभावमा कोठामा थन्किए कम्प्युटर

शिक्षकको अभावमा कोठामा थन्किए कम्प्युटर

महोत्तरी : गौशाला नगरपालिका ६ स्थित श्री मावि भेडियाही फुलकाहामा १४ वटा कम्प्युटर एक कोठमा थन्काएर राखिएको छ। कक्षा ८ मा अध्ययनरत विद्यार्थीको लागि आईसिटी कार्यक्रमअन्तरगत प्राप्त भएको सो कम्प्युटर अहिले प्रयोगविहीन अवस्थामा एउटा कोठाभित्र राखिएको छ। 

वि.सं. २०७४ सालमा प्राप्त भएको सो कम्प्युटरहरु सञ्चालनमा नआएकै कारण क्रमिक रुपमा बिग्रिंदै गएको हो। तत्कालीन प्रधानाध्यापक रामएकवाल रायको कार्यकालमा जिल्ला शिक्षा तथा समन्वय इकाई महोत्तरीमार्फत आईसीटी कार्यक्रम अन्तरगत ४ थान कम्प्युटर र एक थान ल्यापटप प्राप्त भएको विद्यालय स्रोतले जनाएको छ। 

विद्यालयका शिक्षक शैलेन्द्र ठाकुरका अनुसार विषयगत शिक्षकको अभावकै कारण कार्यक्रम प्रभावकारी भएन। ठाकुरले भने, ‘४ शैक्षिकसत्र बित्दासमेत न त कार्यक्रम प्रभावकारी भयो न त निरन्तरता नै पायो। गत शैक्षिकसत्रमा गौशाला नगरपालिकाको कार्यालयबाट सोही कार्यक्रम अन्तरगत १० थान कम्प्युटर प्राप्त भएको थियो।’ 

कम्प्युटर विषयको पठनपाठन सञ्रचालनको निम्ति आफूले अनेकौंपटक गरेको प्रयास असफल भएको प्रधानाध्यापक धर्मेन्द्र कुशवाहाले बताए। उनले भने, ‘हाल कम्प्युटरलाई व्यवस्थित तवरले छुट्टै भवनमा सुरक्षित रुपमा राखिएको छ। सोही भवनमा कम्प्युटरकक्षा सञ्चालन गर्ने विद्यालयले जमर्को कसेको थियो। हाल विद्यालयमा विषयगत शिक्षकको अभाव कायमै रहेको छ।’ 

अब बस्ने कार्यपालिकाको बैठकमार्फत प्राविधिकतर्फको शिक्षक पदपुर्तिको सम्बन्धमा छलफल गरिने गौशाला नगरपालिकाकी उपमेयर आशा लामाले बताइन्। नगरस्तरीय योजना अन्तरगत यस्ता टेक्निकल विषयको शिक्षकको करारमा भए पनि बन्दोवस्त गर्नुपर्ने आवश्यकता उपर लामाले जोड दिइन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.